काठमाडौं । यस वर्षको ‘चक्रपाणि स्मरण पुरस्कार’ प्राडा.गोविन्दराज भट्टराईलाई अर्पण गरिएको छ । चक्रपाणि चालिसेको १४२औं जन्मजयन्तीका अवसरमा चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डा.भट्टराईलाई उक्त पुरस्कार अर्पण गरिएको हो । डा.भट्टराईलाई डा.द्वारिकानाथ ढुंगेलले नगद राशि २० हजार रुपैयाँसहितको पुरस्कार अर्पण गर्नुभएको थियो ।
सो अवसरमा ३० उत्कृष्ट कथा समेटिएको ‘चक्रपाणि’ वार्षिक साहित्यिक पत्रिकाको कथा विशेषांक पनि सार्वजनिक गरिएको थियो । राष्ट्रव्यापी कथा प्रतियोगिता आयोजना गरी संकलित ६६ मध्ये उत्कृष्ट ३० कथालाई उक्त पत्रिकामा प्रकाशित गरिएको कार्यकारी सम्पादक तथा प्रतिष्ठानका सदस्यसचिव रामगोपाल आशुतोषले जानकारी गराउनुभयो ।
प्रतियोगितामा जाजरकोटका शिवराज शाहीको कथा ‘सन्तानको फोटो’ प्रथम, भक्तपुरका मनीषकुमार शर्मा समितको ‘मैले नभित्र्याएकी बुहारी’ दोस्रो र धादिङका रूपक अलंकारको कथा ‘बंगाली बाबा’ तेस्रो भएको थियो भने प्रकाश नेपाली र अनिता पन्थीका कथाहरूले गुणवत्ता पुरस्कार प्राप्त गरेका थिए ।
पहिलो, दोस्रो र तेस्रो कथाका रचनाकारलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिएको थियो । गुणवत्ता पुरस्कार पाउने कथाकारलाई पाँच-पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच