काठमाडौं । ‘ग्ल्याम नेपाल इन्टरनेशनल-२०२४’का लागि ३० मोडल छनौट भएका छन् । अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएको आयोजक प्रारम्भ प्रोडक्सनले जनाएको छ । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने प्रोडक्सनका फाउण्डर निर्देशक पवन आचार्यले जानकारी दिनुभयो ।
छनौट चरणको निर्णायकमा डा.उदीप श्रेष्ठ (सिइयो संस्थापक हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल), युवराज श्रेष्ठ (अध्यक्ष प्लाजा समुह), सुस्मा कार्की (संस्थापक केक्षुस्कालोजी), रमिला नेमकुम (संस्थापक कासा), दीपक ज्ञवाली (संस्थापक ग्ल्याम नेपाल इन्टरनेशनल) रहनुभएको थियो ।
हेल्दी च्वाइस प्रयोजक रहेको फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ आगामी १४ डिसेम्बरमा होटल याक एण्ड यतिमा आयोजना हुँदैछ । ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । शोमा शोटपरको रूपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पनि नेपाल आउँदै हुनुहुन्छ ।
शोमा नेपालका उत्कृष्ट डिजाइनरहरूले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरू फेसन शोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच