काठमाडौं । ग्लोबल मोबिलिटी र शहरी सेवासम्बन्धी प्लेटफर्म इन्ड्राइभले नेपालमा आफ्नो नयाँ इन्ड्राइभ कम्फर्ट सेवा सञ्चालनमा ल्याएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच कम्पनीले इन्ड्राइभ कम्फर्ट घोषणा गरेको हो । इन्ड्राइभ कम्र्फटले यात्रुलाई थप आरामदायी र प्रिमियम सवारी विकल्प उपलब्ध गराउनेछ । कम्पनीका अनुसार इन्ड्राइभ कम्फर्ट सुविधामा यात्रा अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको र यात्रुलाई प्रिमियम सवारीको पहुँच प्रदान गर्दछ, जसमा सुधारिएको सुविधा र थप स्थान उपलब्ध हुनेछ । कम्फर्ट सवारी यात्रा स्टाइलमा सुधार चाहने यात्रुका लागि तयार गरिएको हो, जसमा उच्च गुणस्तरीय सवारी र शीर्ष रेटेड चालकहरूले उत्कृष्ट सेवा दिनेछन् ।
इन्ड्राइभका दक्षिण एसिया क्षेत्रका वरिष्ठ मार्केटिङ म्यानेजर अविक कर्माकरले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकको आवश्यकतासँग मेल खाने सवारी विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौँ, चाहे त्यो सस्तो, सुविधा वा थप आरामको होस् । इन्ड्राइभ कम्फर्ट सवारीहरूको सुरुवात नेपालमा कम्फर्टका लागि एक रोमाञ्चक विकास हो । हामी हाम्रा प्रयोगकर्ताको विशिष्ट आवश्यकता पूरा गर्ने सवारी विकल्प प्रदान गर्न प्रतिबद्ध छौँ । इन्ड्राइभ कम्फर्टसँग यात्रुहरूले आरामदायी, आनन्ददायी र उचित मूल्यको यात्रा अनुभवको आशा गर्न सक्दछन्, जबकि हाम्रा चालक पार्टनरहरूले उच्चस्तरीय सेवा प्रदान गर्न थप अवसर प्राप्त गर्नेछन् ।’
कम्पनीका अनुसार इन्ड्राइभ कम्फर्टले यात्रुलाई एयर कन्डिसनिङलगायत सुविधा प्रदान गर्छ, काठमाडौंको भिडभाड र मौसमबाट आराम दिलाउने र इन्ड्राइभ कम्फर्टका सवारी उच्च मापदण्डमा मर्मत गरिएको हुन्छ, जसका भित्री भागले यात्रुलाई सफा, स्मुथ र आनन्ददायक यात्रा प्रदान गर्नेछ । इन्ड्राइभ कम्फर्ट सवारीहरूमा विशेषरूपले चयन गरिएका सेडान क्लास सवारीसाधन समावेश छन् । इन्ड्राइभले उचित र पारदर्शी मूल्य निर्धारणमा पनि प्रतिबद्धता जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच