काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई पुत्रशोक परेको छ । उहाँका पुत्र गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार निधन भएको हो । आन्तरिक रक्तस्रावका कारण हृयाम्स अस्पतालमा भर्ना हुनुभएका वाग्लेको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।
एडभेन्चर माउन्टेन एक्स्प्लोर ट्रेक्स एण्ड एक्स्पिडिसन (एमिको) का सञ्चालक वाग्लेले इमानदार पर्यटन व्यवसायीको छवि बनाउनुभएको थियो । वाग्लेको निधनबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रले एक कुशल व्यावसायिक नेता गुमाएको बताउनुभयो । चिरञ्जीवी वाग्लेका एकमात्र पुत्र देवेन्द्र वाग्लेको निधनप्रति कांग्रेस नेताहरूले शोक व्यक्त गरेका छन् । ५३ वर्षीय दिवंगत वाग्लेका एक छोरा र श्रीमती हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच