काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।
भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको कसुरमा भइरहेको अनुसन्धानमा बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो । उहाँको आजै बयान सुरु गरिने रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिनुभयो ।
सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सञ्चालक छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ।
सोही सहकारीको रकम अपचलनमा कुमार रम्तेल र शिवबहादुर गुरुङको लाई रूपन्देहीमा सरकारी वकिल समक्ष बयान जारी छ । गत वर्ष जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही मार्फत सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष ओमप्रकाश गुरुङलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच