झापा। हरिबोधिनी वा प्रबोधिनी(ठूलो) एकादशीका अबसरमा आज झापाका ६ पालिकामा सार्वजनिक बिदा दिइएको छ । आदिवासी समुदायको बाहुल्यता रहेको ६ पालिकाले सार्वजनिक दिएका हुन् ।
भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिवारी , बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । राजवंशी, गनगाइ, ताजपुरिया, माझीलगायत आदिवासी समुदाय हरुले ठूलो एकादशीलाई महान पर्वको रुपमा मनाउने गरेका छन् ।
हरिबोधनी एकादशीमा सो समुदायका व्यक्तिहरुले चोखोनितो भइ विष्णु भगवानको पूजा गर्ने र दिनभर निराहार व्रत बस्ने चलन छ । सो समुदायमा घरआँगनमा यज्ञ निर्माण आजको रात जाग्रामा बस्ने चलन छ । भोलि बिहान स्नान गरेर विधिवत पूजा समापन गरी चनामुराइ ९ गाजीमुरी ० खाने चनन रहेको सञ्चारकर्मी समेत रहनु भएको बिर्तामोडका इन्द्रसिंह राजवंशीले बताउनुभयो ।
सो समुदायले एकादशीलाई सबैभन्दा ठूलो एकादशीका रूपमा लिने पर्वका रूपमा लिने गरिन्छ । आजको रात सो समुदायमा सामुहिक नाचगान र मनोरञ्जन गर्ने गरिएको छ ।
सो समुदायका नवदम्पत्ती आजको दिन सुनसरीको विष्णुपादुका (बराहक्षेत्र चतरा) पूजाआजा मनोकांक्षा पूरा होस् भनेर कामना गर्ने प्रचलन छ । नवविवाहिताले आवश्यकता अनुसार छोरा वा छोरी होस् भनेर बरदान माग्ने चलन छ । नवजोडीले विष्णुपादुका जानै पर्ने परम्परा जस्तै रहेको राजवंशीले सुनाए ।
धार्मिक मान्यता अनुसार आषाढ शुक्लएकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिन ठूलो एकादशी, हरिबोधिनी वा प्रबोधिनी एकादशीका रूपमा मनाउने चलन छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाउने गरिन्छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने र आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिएको छ ।
कात्तिक महिनाभर सबै देवीदेवता तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । तुलसी विष्णुप्रिया भएकाले आजको दिन तुलसीको विवाग दामोदरसँग भएको विश्वास र परम्परा बसेको मान्यता छ ।
परापूर्वकालदेखि पूजा गरिँदै आइएको तुलसीको वैज्ञानिक महत्व पनि त्यत्तिकै छ । औषधीय गुणले भरिपूर्ण तुलसी पिपलपछि सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने बनस्पति मानिन्छ । बैज्ञानिकभन्दा पनि धार्मिक मान्यताकै कारण मठनै निर्माण गरेर तुलसीको घरआँगनमा रोप्ने चलन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच