काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो तालले आफ्नो छुट्टै महत्व बोकेको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९ मा पर्ने यो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा अवस्थित छ । हिमालको बीचमा रहेको यो तालको सुन्दरताले जो कोहीको पनि मन लोभ्याउने गर्दछ ।
शिरमा टलक्क टल्किने तिलिचो हिमालको काखमा रहेको तिलिचो ताललाई त्यहाँ पुग्नेहरुले स्वर्गकै उपमा दिने गरेका छन् । यसको स्वच्छ, सफा र मनमोहक दृश्यले पर्यटकलाई आकर्षिक गरिरहेको छ ।
वरिपरि मुस्कुराइरहेका निलगिरी, खंग्सार र मुक्तिनाथ हिमालको काखमा सानो दुधे बच्चा, आमाको काखमा लडबडिएको जस्तै देखिन्छ, तिलिचो ताल ।
चारैतिर हिराजस्तै चम्केका हिमालहरु, मन्द रुपमा चल्ने शितल हावा र बेला—बेलामा तालमा देखिने छालले जो कोहि पनि मन लोभ्याउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच