हेटाैंडा । ट्याङ्करकाे टायर मर्मत गरि हावा हाल्ने क्रममा विस्फाेट हुँदा गएराति हेटाैंडामा एक जनाकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।
मंगलबार राति हेटाैंडा-११ थानाभर्याङमा १ बजेकाे समयमा मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल लोड टयांकरको टायर पन्चर टालेर हावा भर्ने क्रममा विस्फाेट भएकाे हाे । विस्फाेटमा परी टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारतको भोजपुर घर भएका ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको हो । टायर विस्फोटपछि टाउकाे र शरीरमा चाेट लागि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनकाे नयाँ मेडिकल कलेजमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
विस्फाेटमा टायर मर्मत पसलमा काम गर्ने पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को ट्यांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा ११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएका छन् ।
घाइतेमध्ये मधेश प्रदेश ०३-००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिल अस्पतालमा उपचार भईरहेको छ । यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज गरिएकाे बताइएकाे छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि