वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : नेता महत

हिमालय टाइम्स
Prakash Saran Mahat
हिमालय टाइम्स
Read Time = 2 mins

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास-निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाइ थियो ।

विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा चालक घाइते कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ? नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना