काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्तामात्र नभएर भावी पुस्तासमेत गरिबी र अभावको दुष्चक्रमा पर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गर्नुभयो । ढकालले भन्नुभयो, ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पु¥याउने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ ।’ मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूलो सम्भावना रहेको भन्दै उहाँले त्यसका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले लगानीको वातावरण बन्नुपर्ने बताउनुभयो । ढकालले भन्नुभयो, ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ ।’
उहाँले गण्डकी प्रदेश र गैँडाकोट विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिनुभयो । गण्डकी प्रदेशको सम्भावना उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंग उठाउँदै ढकालले म्याग्दीदेखि कोरोलासम्मको सडक स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र समृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म यो दशैँलगत्तै कोरोलासम्म पुगेर आएँ । कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडीमै पुगेँ । बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ । बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके यो नाका दुई मुलुक जोड्ने छोटो र सहज नाका बन्न सक्छ । हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ । यसमा प्रदेश सरकारले विशेष ध्यान देओस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच