काठमाडौं । नेपाल टेलिकमले कात्तिक १२ गतेदेखि कम्पनीअन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहल प्रांगणबाहिर केही व्यक्तिहरूले धर्ना दिइरहेको र आमसर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत सोबारे केही भ्रम सिर्जना भएको स्पष्ट पारेको छ । कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाइलगायतका सेवाहरू आवश्यकताबमोजिम बोलपत्र प्रक्रियाबाट निश्चित समय तथा कार्य तोकी आउट सोर्सिङमार्फत् निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुनबमोजिम सम्झौता गरी सेवा लिने गरेको र सम्झौता समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीअन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहलमा सफाइ सेवा केही समयपहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको पनि टेलिकमले जनाएको छ । तर पनि विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनी प्रांगणबाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवा प्रदायक कम्पनीका जनशक्तिलाई कम्पनीको कार्यालयमा सरसफाइसम्बन्धी कार्य गर्न अवरोधसमेत सिर्जना गरेको भन्दै आपत्ति प्रकट गरेको छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको टेलिकमका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच