काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिकोका कृषि तथा ग्रामीण विकास सचिवालय (मन्त्रालय) मन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न र सिमिट र नेपाल सरकारबीच दिगोरूपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यसाथ नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहनुभएका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच उक्त भेटवार्ता भएको हो ।
सो अवसरमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापनादेखि नै दुर्ई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो । दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिबिम्बित भएको भन्दै उहाँले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट समग्र कृषि विकासमा लगानी खोजी गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । मन्त्री अधिकारीले नेपाल सरकारतर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकतासाथ बजार पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्नुभयो ।
मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा. ब्राम गोभाएर्ट्सबीच पनि भेट्वार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको भन्दै आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्तरूपमा परियोजना प्रस्ताव विकास गर्न, गतिविधि सुरु गर्न आग्रह गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
सन् १९८५ मा नेपाल सरकार र सिमिटबीच औपचारिक साझेदारी भए तापनि सन् १९६० देखि नै सहकार्य भइआएको छ । सिमिटबाट विकसित नयाँ जात प्रयोगबाट तराई क्षेत्र र पहाडमा मकै र गहुँको उत्पादकत्व उल्लेखनीयरूपमा बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच