काठमाडाैं । हिजबुल्लाह मिडिया प्रमुख मोहम्मद अफिफले इजरायली सेना अझै पनि दक्षिणी लेबनानको कुनैपनि गाउँ कब्जा गर्न असमर्थ रहेको बताउनुभएको छ । ४५ दिनको रक्तपातपूर्ण लडाईंपछि इजरायली शत्रुले दक्षिणी लेबनानको एउटा गाउँ पनि कब्जा गर्न नसकेको अफिफले बताउनु भयो ।
उहाँले इजरायली सेनाहरु पछि नहटेसम्म आफूहरुले पनि आक्रमण जारी राख्ने बताउनु भयो । अफिफले इजरायली अधिकारीहरूले हिजबुल्लाहको क्षेप्यास्त्र भण्डारको वास्तविक क्षमताको लगभग २० प्रतिशतमा गिरावट आएको आरोपलाई अस्वीकार गर्नुभयो । आफूहरुसँग लडाईंका लागि पर्याप्त हतियार, उपकरणहरु रहेको उहाँले बताउनु भयो ।
लेबनानमा युद्धविरामको लागि कुटनीतिक प्रयासहरू अघि बढेको इजरायली भनाइको जवाफ दिँदै अफिफले समूहलाई कुनै आधिकारिक युद्धविराम प्रस्ताव नपुगेको बताउनु भयो । अफिफले हिजबुल्लाह र लेबनानी राष्ट्रिय सेना बीचको बलियो सम्बन्धमा पनि जोड दिनुभयो ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि आफ्नो हवाई आक्रमणलाई तिब्र पारेको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच