जुम्ला । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन मन्त्रालय लागि परेको बताउनु भएकाे छ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बुधबार भएको प्रथम दीक्षान्त समारोहमा बौल्दै स्वास्थमन्त्री पौडेलले कर्णालीको स्वास्थ्य क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवालाई आम जनतासामु पुर्याउन प्रतिष्ठानले धेरै काम गर्नुपर्ने देखिन्छ भन्दै स्वास्थ्य मन्त्री पौडेले स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागि परेको बताउनु भयाे। प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्न गरि काम गर्न आवश्यक रहेको उहाँकाे भनाइ थियाे। मन्त्रालयको वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सरकारले विशेष प्रथामिकतामा राखेर काम गरेको स्वास्थ्य मन्त्री पौडेलले बताउनुभयो ।
स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको बताउनुभयो । प्रतिष्ठानले पहिले पटक ५८ जना विद्यार्थीलाई दीक्षित गरेको छ। उक्त दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री पौडेल, अमेरिकास्थित हार्बड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगरसमेत सहभागी भएको प्रतिष्ठानले जनाएको छ।
गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताका कारण दीक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते प्रतिष्ठानले कार्यक्रम गरेको हो।
प्रतिष्ठानका उपकुलपति डा.रावलका कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई दीक्षित गरेको बताउनुभयो ।
प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन प्रधानमन्त्री ओलीबाट आज उद्घाटन भएको कर्णाली स्वास्थ्य विज्ञानले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच