ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुगाको उप–निर्वाचनका लागि नेपाली कांगे्रस ओखलढुंगाले सर्वसहमत उम्मेदवार चयन गरेको छ ।
नेपाली कांगे्रसका पुराना नेता, पूर्व जिल्ला पार्टी सचिव, महाधिबेशन प्रतिनिधी टेकराज भट्टराई लाई सर्वसहमत उम्मेदवार बनाएको हो । ओखलढुंगामा नेपाली कांग्रेस तर्फको बहुमत भएकाले भट्टराई जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा निर्विरोध निर्वाचित हुनेछन् ।
नेपाली कांग्रेसमा टेकराज भट्टराई, पार्टी जिल्ला सचिव अजय लुइटेल र दलित संघका जिल्ला अध्यक्ष होम बहादुर बि.क को पनि दावी रहेको थियो । निर्वाचन नजिकिँदै गर्दा जिल्ला पार्टी सभाति तेजन खनाल ( तेजेन्द्र) को पहलमा सर्वसहमति चयन गरिएको हो । २७ गते विहान पार्टी सभापति तेजन खनाल र उम्मेदवारहरु बसेर सर्वसहमति गरी भट्टराईको एकल उम्मेदवार प्रदेश कार्यसमितिमा सिफारिस गरिएको सभापति खनालले बताउनुभयो । आकांक्षीहरुप्रति तिक्तता बढ्ने र संगठनमा प्रत्यक्ष असर पर्ने भएकाले उम्मेदवारहरुलाई एकैठाउँमा राखेर आपसी छलफल गरी सर्वसहमतीमा उम्मेदवारको चयन गरिएको सभापति खनालले बताउनुभयो ।
‘जिल्ला पार्टीको पदधिकारी भएकोले पार्टी संगठनको जिम्मेवारी बहन गर्न र आगामी दिनमा पार्टीलाई चुस्तदुरुस्त कायम राख्दै दर्बिलो संगठन निर्माणका लागि टेकराज भट्टराईलाई सहयोग गरेको’, उम्मेदवारका आकाङक्षी जिल्ला पार्टी सचिव अजय लुइटेलले बताउनु भयो । पार्टीमा सहयोग सद्भाव कायम राख्दै पुराना नेता टेकराज भट्टराई लाई नै समर्थन गरी सहयोग गरेको अर्काे उम्मेदवारका आकाङक्षी दलित संघका जिल्ला अध्यक्ष होमबहादुर बिश्वकर्माले बताउनु भयो ।
ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत रहेको छ । २०७४ सालदेखि निरन्तर एकलौटी जिल्ला समन्वय समिति नेपाली कांग्रेसले गठन गर्दै आएको छ । ०७९ को चुनावमा पनि नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम खनाल समन्वय प्रमुख हुनुहुन्थ्यो । खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाडौंमा क्यान्सरका कारण मृत्यु भएपछि जिल्ला समन्वय समितिको प्रमुख पद खाली भएको थियो । समन्वय प्रमुख खनालको मृत्यु भएपछि उपप्रमुख तारादेवी कार्कीले कार्यभार संहाल्दै आउनु भएको थियो ।
जिल्लामा भएका ८ वटा स्थानिय तहको १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत, नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १ मत र जनता समाजबादी पार्टी नेपालको १ मत गरी जम्मा १६ मत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच