एजेन्सी । कार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका इक्वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एंगुलोको निधन भएको छ । २२ वर्षीय एंगुुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत् जनाएको छ ।
‘मार्को एक उत्कृष्ट खेलाडीमात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एंगुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ,’ विज्ञप्तिलाई उद्धृत गर्दै लेखिएको छ ।
उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थाल्नुभएका उहाँले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीबाट नौ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।
यसबाहेक २०२० देखि क्लबमा आबद्ध उहाँ २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेल्नुभएको थियो भने यसै वर्ष इक्वेडरकै क्लब एलडियु क्विटोमा लोनमा अनुबन्ध हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच