लण्डन । वेष्ट इण्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले इंग्ल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय टी-२० शृंखलाका बाँकी तीन खेल गुमाउनुहुने भएको छ । बार्बाडोसमा भएको शृंखलाको पहिलो खेलमा घाइते भएपछि उहाँले आगामी तीन खेल गुमाउनुहुने भएको हो । उहाँको खुट्टामा चोट लागेको छ । रसेलले शृंखलाको दोस्रो खेल पनि गुमाउनुभएको थियो ।
पहिलो खेलमा रसेलले ३० रन बनाउनुभएको थियो । रसेलको स्थानमा अलराउन्डर शमर स्प्रिंगरलाई टोलीमा बोलाइएको छ । यसैगरी तीव्र गतिका बलर अल्जारी जोसेफले पनि टोलीमा पुनरागमन गर्नुभएको छ । घरेलु टोली वेष्ट इण्डिज पाँच खेलको शृंखलामा २-० ले पछाडि छ । शृंखलाको तेस्रो खेल शुक्रबार हुनेछ । एजेन्सी ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं