बार्सिलोना । युइएफए महिला च्याम्पियन्स लिगमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । मंगलबार राती सेन्ट पोल्टेनविरुद्ध ७-० को जित निकाल्दै बार्सिलोनाले ६ अंक जोडेको छ । तीन खेलमा ६ अंक जोडेको बार्सिलोना समूह ‘डी’ को दोस्रो स्थानमा छ । पोल्टेन अंकविहीन छ ।
जोहान क्रुफ रंगशालामा घरेलु टोलीलाई जित दिलाउन क्लाउडिया पिनाले दुई तथा इवा पाजोर, किका नजारेथ, आइटान बोन्मती, कायरा वाल्स र क्यारोलिन ग्राहम हान्सेनले समान एक गोल गर्नुभयो । बार्सिलोनाले पहिलो हाफको अन्तिम १३ मिनेटमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा भने टोलीले दुई गोलमात्र थप्यो ।
खेलको ३२औँ मिनेटमा पाजोरको गोलमार्फत् बार्सिलोनाले अग्रता लिएको थियो । ६ मिनेटपछि नै नजारेथले टोलीको अग्रता दोब्बर बनाउनुभयो । बोन्मतीले ४०औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गर्नुभयो । दुई मिनेटपछि नै वाल्सले गोल गर्दा बार्सिलोना ४-० ले अगाडि बढ्यो ।
पिनाले ४५औँ मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ५-० को फराकिलो अग्रता बनाएको थियो । ५२औँ मिनेटमा पिनाले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा हान्सेनले गोल गर्दै बार्सिलोनालाई ७–० को फराकिलो जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच