काबुल । अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ । नाबीले सन् २०२५ मा आइसिसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिनुहुनेछ । यद्यपि उहाँले टी-२० क्रिकेट खेल्न भने जारी राख्नुहुनेछ ।
केही दिनअघि बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा नाबी प्लेयर अफ द सिरिज हुनुभएको थियो । उहाँले तीन खेलमा १३५ रन बनाउनुभएको थियो भने २ विकेट पनि लिनुभएको थियो । अफगानिस्तानका पूर्वकप्तानसमेत रहनुभएका उहाँले भन्नुभएको छ, ‘सन् २०२३ को विश्वकपदेखि नै सन्न्यासको कुरा मेरो दिमागमा थियो तर हामी च्याम्पियन्स ट्रफीका लागि छनोट भयौँ र मैले यहाँ खेलेको खण्डमा टोली र मेरो दुवैका लागि राम्रो हुनेछ ।’
३८ वर्षीय नाबीले अफगानिस्तानका लागि २००९ मा स्कटल्याण्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । उहाँले १६७ एकदिवसीय खेलमा ३६०० रन बनाउनुभएको छ । जसमा १७ अर्धशतक र दुई शतकसमेत छन् । बलिङमा उहाँले १७२ विकेट लिनुभएको छ । उहाँ अफगानिस्तानका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुनुहुन्छ । नाबी हाल एकदिवसीय अलराउन्डर वरीयतामा पहिलो स्थानमा हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच