काठमाडौं । नेपाल उमा कुङफु संघको पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ । यसअघि उहाँ केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । सञ्जित संस्थापक सदस्य पनि हुनुहुन्छ ।
सञ्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य जित्नुभएको छ । उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा सञ्जितले दुई स्वर्ण जित्नुभएको छ ।
भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएका सञ्जितले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायकका रूपमा पनि काम गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेषलाल श्रेष्ठ रहनुभएको छ । कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो । गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपती सदस्यमा चयन हुनुभयो ।
साधारणसभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स संघका अध्यक्ष सुदिप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच