✍️ कलानिधि दाहाल
संवेदना एउटा तहहो-वयसीमाको, चेतनागत सीमाको, जीवन र जगत्का चौडा पक्षलाई कुनहदसम्म आत्मसात गर्न सकेको छ भन्ने अनुभूतिजन्य सीमाको । मान्छे मात्र होइन हरेक जीव एक न एक स्वार्थको लहरो छोएर वा समातेर संसार विरचरित हुन्छ जानेर होस् वा अनजानमा । तिनका लहरिने पनि निश्चित साँधहरू हुन्छन्–विन्दु विशेषभन्दा उता ऊ अथक चाहनाका असबाफ विचार फैलाएर पनि जान सक्दैन । कलिलोपनबाट उत्पन्न संवेदना र बैँस निख्रेर अस्ताचलतिरको धमिलो क्षितिजतिर रखबारी गर्दै गरेको संवेदना ।
संवेदनाको घर हो मन । असामान्यवा सामान्य रहनु संवेदित व्यक्तिभित्रको रिक्तता वा वैचारिक परिपक्कता वा परिपूर्णतामा भर पर्ने हुन्छ । अधिकांश मानिसहरू वैचारिक रिक्तता बैँसाएर संवेदनाको उभारमा उम्लन्छन् । यसको पनि समयसीमा देखिन्छ । छोटै समयमा अर्थात् आर्यघाटको चिताज्वलनको समय समाप्तिसँगै सकिने संवेदना र लामो समयसम्म अन्तस्करणमा भण्डारण भइरहने संवेदना । पहिलो तहको संवेदना त संवेदित नभएका हृदयले पनि बनावटी तहमा नै प्रस्तुत गर्ने गर्दछन् । यस तहको संवेदना चाहिँ कृत्रिम समाजका लागि, निर्मित कानुनका लागि, देखिने सुरक्षाबलका आँखाका लागि मात्रमा सीमित हुन्छन् । दोस्रो तहको संवेदना कतै कसैमा जीवनपर्यन्त रहने हुन्छ भने कतिपयमा लामो समय तर बीचमा नै सकिने खालको हुन्छ । यिनै दुई संवेदनाका सीमालाई भावात्मक परिपाकमा गालेर एउटै समयमा दुई फरक कृति जन्माउन सफल देखिन्छन् साहित्यिक अभियन्ता कवि स्पन्दन विनोद ।
‘आमा’ अर्थात् उनको जिब्रोको आदतले आमा भने पनि हुन चाहिँ हजुरआमा भुवनेश्वरी र करुणाको चरम विन्दुमा रहेको अविरल जो उनकै वर्ष दिन पनि नपुगेको पुत्र हो, यी दुई भिन्न वियोगका बीचमा रहेर कवि स्पन्दन विनोदले आफ्ना गुम्सिएका अन्तर पीडालाई बाढी झैँ बगाएर अर्को संसार बनाउनाका लागि मृत्यु महत्वपूर्ण बनेर देखापरेको पाउन सकिन्छ ।
‘आमा’ अर्थात् उनको जिब्रोको आदतले आमा भने पनि हुन चाहिँ हजुरआमा भुवनेश्वरी र करुणाको चरम विन्दुमा रहेको अविरल जो उनकै वर्ष दिन पनि नपुगेको पुत्र हो, यी दुई भिन्न वियोगका बीचमा रहेर कवि स्पन्दन विनोदले आफ्ना गुम्सिएका अन्तर पीडालाई बाढी झैँ बगाएर अर्को संसार बनाउनाका लागि मृत्यु महत्वपूर्ण बनेर देखापरेको पाउन सकिन्छ भुवनेश्वरी र अविरल शोकात्मक खण्डकाव्यमा । माधव घिमिरेलाई कवि बन्नाका लागि पहिलो खुड्किलो उनकै धर्मपत्नीको असामयिक निधनमा ध्यमबन्यो । उनी यस प्रवाहको शिखरमापुगेर राष्ट्रकविको संकीर्ण सीमामा रमाउन इच्छुक रहे । कवि स्पन्दनविनोद यस खालका दुर्घटनाबाट मुक्तभई विराट्विश्व र विश्वमानवतावादी कवि बन्ने क्षितिजतिर पखेटा फट्फटाउन् ।
भुवनेश्वरी खण्डकाव्य असामयिकन भएर सामयिक निधनको संवेदनात्मक खण्डकाव्य हो । यो सुखद् पल हो तर मानवसमाजकै अन्ध परम्पराबाट निरन्तर आयातीत भइरहने यस परम्पराले मान्छेलाई भावुक बनाएर सिर्जना क्षेत्रको अभ्यासको सुरु, परिष्कार र परिमार्जनतिर उन्मुख गराउनुलाई मात्र सकारात्मक मान्नु पर्दछ । यस काव्यमा दश शीर्षकका कविता छन् । यीमध्ये अन्तिम कविता-‘आमासँगका अन्तिम पल’ निकै लामो कविताका रूपमा रहेको छ । सुखद् निधनमा पनि द्रवीभूत भएर आफूलाई भावनाको सागरमा डुबाउन सक्नु स्पन्दन विनोदभित्रको भर्भराउँदो कवित्व चेतनाको प्रस्फुटन बेलाको प्रशंसनीय पक्ष हो यो ।
शार्दूलबिक्रीडित छन्दका पंक्ति लहरमा अभावको समय पनि निकालेर कविता लेखनको समाधि कस्नुको अर्थ हो नेपाली कविता साहित्यले एक होनहार युवाकविलाई यस क्षेत्रमा जन्माउनु । यस कृतिभित्र अग्रलेखनका रूपमा यसै संवेनात्मक परम्परा आत्मसात गर्ने व्यक्तित्वत्रय–घनश्याम परिश्रमी, ठाकुर शर्मा भण्डारी र माधव वियोगी जस्ता रातोदिन गजल भए पनि गेयलाई, कविता भए पनि छन्दलाई नै सर्वस्व ठान्नेका भावुक भनाइहरू विद्यमान छन् ।
‘अविरल’ शोकात्मक काव्य स्पन्दनको दोस्रो खण्डकाव्य हो एकै पटक प्रकाशित भएका भए पनि । यसको विषयवस्तु चाहिँ विद्युत झड्काझैँ वा तुफानी आवेग झैँ अझ हेलिकेप्टरको उडान झैँ सबै खाले वैचारिक सीमाका मान्छेलाई झ्वाट्ट छोइने, अनायास अदेखको आगोले पोले झैँ चस्स पार्ने असामयिक संवेदनाको हो । एकमात्र बच्चो त्यो पनि नेपाली संस्कारको अतल गर्तमा रहेको ‘छोरो’ त्यसमा पनि विनोदले कृतिभित्र व्यक्त गरेको सच्चाइ हो भने सर्वगुण सम्पन्न दुधेबालक जो वर्षदिन पनि पुगेको छैन विनाबिमार सुरक्षित ठाउँमा पहिलो पटक राख्नासाथ मृत्युको खबर कानमा कारुणिक कुत्कुतीका रूपमा घुस्नु यस वैचारिक घेराभित्र भए/रहेका मनस्थितिका लागि सहने सीमाभन्दा माथिको कुरा हो ।
लगभग संसारको सीमा नै उसका कलिला ओठहरू हुन्, सुडोल सुकोमल उसको चञ्चल चेहरा नै एकमात्र मानव संसार र अन्तिम प्राप्ति हो भन्ने भावात्मक मनोलोकभित्र रमाइरहेका मान्छेका लागि त्यही वस्तु विनाबिमारको हेरचाहमा गुम्नु, गुमेको जीवको स्थुल रूपलाई भेट्ने÷देख्ने ठाउँमा पुगेर पनि अँगालामा चेपेर रुन नपाउनुको विवश विडम्बनाभित्र असैहृय कारुणिक चित्रपट त छँदै छ उसको दाहसंस्कारकै लागि पनि लामो समय कानुनी झञ्झटका गौँडामा उक्लिनु पर्दाका बाबुआमाका अपरिचित भौगोलिक सीमाभित्रका वेदना भोग्नेलाई मात्र थाहा हुन्छ अरूले त अनुमान लगाउनेमात्र हो । यसै पृष्ठभूमिमा स्पन्दन विनोदको कारुणिक छाल ‘अविरल’ खण्डकाव्यभरि मन्दाक्रान्ता छन्दलाई बाटो बनाएर छचल्किएको छ । अझ कोमल मातृहृदयकी सहधर्मिणी उनकी पत्नी अविरलकी आमालाई हठात अर्धचेतावस्थामा अस्पतालको बासमा सजाउनु पर्दा एक्लो बाबुको हविगत के र कस्तो हुनसक्छ ? सोचभित्र मात्र रहने कुरा हो ।
यस कृतिमा संवेदनाका लहरसँगै लहरिएर गहिराइ छाम्ने आधारहरू छन् । अध्यात्म दर्शनको अतल गहिराइमा जाने हो भने शरीर क्षणिक हो, जान्छ नै । आत्मा अमर हो कहिल्यै मर्दैन । हाम्रा चाक्षुस दृश्यमा नरहे/नभए पनि कहीँ र कुनै रूपमा अपरिचित अवस्थाभित्र नै ऊ उसको दृश्यसामु रहेको मानिन्छ ।
विनोद आफैं अंग्रेजी भाषाको माहिर खेलाडी हुँदा त उनलाई यो बुहार्तन भोग्नुप¥यो भने अंग्रेजी भाषाको ज्ञानै नभएको नेपाली विदेशको सान देखाउन चाहन्छ, उसको हालत के होला ? कवि स्पन्दन विनोदले यस कृतिभरि करुणाको छालको उभारमा आँसुको पोखरी पौडी रहँदा उनको अन्तर मन एकातिर, गति अर्कोतिर आफू र आफ्नाले गरिरहेको सायद सोचेनन् । बच्चोप्रतिको अन्तर समर्पण भएको कुराको स्वभाव अर्थात व्यवहार पनि मन, वचन र कर्मसमेतले देखाएको भए यो घटना नै नघट्न सक्थ्यो कि ? त्यति सानो बच्चोलाई मात्र कानुनी प्रक्रियाका लागि किन त्यस्ता संस्थामा सम्पनु ? बच्चो जसलाई मनले मुटुको टुक्रो ठान्छ उसलाई त्यहाँ राखेकै दिन अर्काको बच्चो हेर्न आमा किन अस्पताल दौडिनु ?
अर्को बच्चो जो अस्पतालमा भर्ना भएको छ उसको दायित्व वहन गर्न स्रष्टाले अर्कैलाई सुम्पेका छन् भन्ने सृष्टिको सामान्य ज्ञान आफू र आमामा नहुनु पनि त दुर्घटनाको कारक हो बलवान कारक । जुनसुकै दुर्घटना हुनामा पनि त्यसको तार्किक कारक अर्को नभएर आफैं होइन्छ । यो सृष्टिको प्राकृतिक नियम हो । अविदित विधान हो । यसको अन्तर्यलाई बुझ्यो भने हठात हुने कारुणिक हृदयघातबाट र त्यसले सताउने लामो समयको संवेदनात्मक विन्दु सममा रही विचलन आउनबाट बच्न सकिन्छ । यस क्षणमा पुगेर संवेदनात्मक कृतिलेखनमा समाधि कस्यो भने रुवाइहरू व्यक्तिइतर सार्वजनिक तहका उचाइमा उक्लन्छन् ।
यस कृतिका पाश्र्व भागमा पनि यस्तै आँसुमा मुछिने व्यक्तित्वत्रय- घनश्याम परिश्रमी, ठाकुर शर्मा भण्डारी र माधव वियोगीका विषयगत गाम्भीर्यमा पुग्ने शब्दावलीहरू छन् । संवेदनाका लहरसँगै लहरिएर गहिराइ छाम्ने आधारहरू छन् । अध्यात्म दर्शनको अतल गहिराइमा जाने हो भने शरीर क्षणिक हो, जान्छ नै । आत्मा अमर हो कहिल्यै मर्दैन । हाम्रा चाक्षुस दृश्यमा नरहे/नभए पनि कहीँ र कुनै रूपमा अपरिचित अवस्थाभित्र नै ऊ उसको दृश्यसामु रहेको मानिन्छ ।
पूर्वीय सार्वजनिक अध्यात्ममर्म यही हो । अति भावुक, विहृवल संवेदनात्मक पनको आवश्यकता छैन । शून्यवादी सर्वदर्शनलाई मान्ने हो भने पनि जीव माटोबाट आयो माटोमा नै बिलाउँछ । विनोद र पत्नी विनोद माध्यम मात्र हुन् । त्यो बेला आफूसँग मान हुनु, नयाँ स्थान विद्यालयमा पुग्नु, आमा त्यसै समय अस्पताल जानु, बाबु सटर खोलेर पसल छिर्नुमात्र कारण हुन् । कारणका पछि लागेर संवेदनाका पँखेटा उघार्दा व्यक्त गरिने भावहरू अलि ज्यादा व्यक्तिगततामा सीमित हुन पुग्छन् ।
यस वैचारिक चौडापनलाई मस्तिष्क र भावुक संवेदनालाई दिलमा राखेर निरपेक्ष सिर्जना संसारको समाधि कसेपछि अविरलसँगै युक्रेनको बारुदमा बल्दै गरेका ओठहरू खेल्छन्, अन्तर पीडाका असैहृय क्रन्दनमा संसारतिर नफर्किने हिसाबले चिच्याउँदै गरेका गाजा÷इजरायलका, लेब्नान÷इरानका, सिरिया÷यमनका, रुस/बेलारुसका सम्पूर्ण बाबुआमाहरू, पत्नी÷पति स्पन्दन विनोद भएर काव्यभरि दर्द पोख्छन् । स्पन्दन विनोदको कवितात्मक कलम सिर्जनाका लागि दुःखद् संयोगको यस अनुपम विन्दुबाट परिष्कृत हुने अवसर नचाहेकै विन्दुबाट जन्मन जुरेकाले निरन्तर अझ सामान्यीकृत, अझ सार्वकालिक संवेदनात्मक उचाइ अग्लिँदै विश्जनिन काव्य लेखनतिर अग्रसर रहोस् भन्दै र बधाई पनि दिँदै तीता गालीलाई विश्राम दिन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच