काठमाडौं । नेपाल प्रहरीले सवारी दुर्घटना गराएपछि प्रहरी हिरासतमा रहेको भाइरल झाँक्री प्रकाश भुजेलको सवारी लाइसेन्सको खोजी गरिरहेको छ ।
बौद्व प्रहरीको हिरासतमा रहेका भुजेलको लाइसेन्स नभेटिएपछि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको हो । भुजेलले घरमा लाइसेन्स रहेको दावी गरे पनि भएरनभएको यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
हिजो भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । ३५ वर्षीय भुजेल बुधबार मध्यान्ह दुर्घटना भएपछि फरार भएका थिए । सो गाडी उनले नै चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
उनको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक