नवलपरासी । पश्चिम नवलपरासीमा खोपको पहुँच बढाउन खोप तथा सरसफाइ प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले खोपलाई आधारभूत स्वास्थ्य सेवाको रूपमा वर्णन गर्दै स्थानीय तहसँग समन्वय गरेर बालबालिकामा खोपको पहुँच बढाउन आवश्यक रहेको बताउनु भएकाे छ ।
तराईका क्षेत्रका आमाहरूलाई ३० मिनेटदेखि १ घण्टा टाढा हिँड्न नपरोस् भन्ने प्रयास गरिएको र हाल ४ प्रतिशत बालबालिकाहरू अझै पनि खोपको पहुँचबाट बाहिर रहेको हुँदा तिनलाई खोपको पहुँचमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयाे। नवलपरासी पश्चिममा खोप तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी दुई दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ। तालिममा पाल्हीनन्दन र सुस्ता गाउँपालिकाका खोप क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागी थिए। तालिममा उमेर अनुसार कुन खोप कहिले र कसरी लगाउने तथा सरसफाइका महत्त्वपूर्ण व्यवहारहरूबारे प्रशिक्षण दिइएको थियो।
तालिमको सहजीकरण खोप फोकल पर्सन देबिलाल पौडेल, खोप सुपरभाइजर ओम प्रकाश पन्थी, जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकाल, र डा। सागर तिवारीले गर्नु भएको थियो । कार्यक्रममा निशुल्क खोप, सुरक्षित खोप, र जीवन रक्षा गर्ने खोपहरूको महत्वबारे चर्चा भयो। १३ प्रकारका खोपहरूमध्ये ९ बालबालिकाका लागि र १ गर्भवती महिलाका लागि सिफारिस गरिएका खोपहरूबारे जानकारी दिइएको थियो। खोपले रोकथाम गर्न सकिने रोगहरू, पोलियो उन्मूलन, र दादुराको अवस्थाबारे समेत छलफल भयो।
सहभागी कृष्ण डुम्रेका अनुसार, तालिमले खोप लगाउँदा हुने सम्भावित गल्तीहरू सच्याउने अवसर दिएको छ र अब कार्यक्षेत्रमा यसलाई व्यवहारमा उतार्न सजिलो हुने उल्लेख गर्नु भयो । त्यस्तै विष्णु पाण्डेले केही परिमार्जन गरिएको जानकारी प्राप्त गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगात्मक तालिमको अपेक्षा व्यक्त गर्नु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयले ५ ब्याचमा तालिम आयोजना गर्ने योजना रहेको बताएको छ, जसको पहिलो ब्याच सम्पन्न भइसकेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच