दार्चुला जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, पाँच घाइते

हिमालय टाइम्स
Jeep Accident
हिमालय टाइम्स
Read Time = 2 mins

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर-९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका-८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज