काठमाडौं । कामसूत्रमा यौन स्वास्थ्यका लागि प्रयोग गरिने आसनहरू उल्लेख गरिएको छ। यसमा सेक्स गर्ने विभिन्न तरिकाहरू उल्लेख गरिएको छ। यी आसनहरू पुरुष र महिलाहरूले यौन सम्पर्क वा अन्य यौन क्रियाकलापका लागि प्रयोग गर्छन्।
यौनसम्बन्धी ज्ञान, चलनचल्ती, फुर्सदिलो समय, महिनावारी चक्र तथा पार्टनरको मुड विशेषअनुसार यौन आसन फरक–फरक हुन सक्छन्।
कामसूत्रमा समावेश भएका सबै प्रकारका आसनहरु प्रयोगमा ल्याउन नसकिएपनि विशेषता मुख्य लोकप्रियय आसनहरु प्रयोगमा ल्याउन सके दाम्पत्य जिवन सुखमय हुन्छ ।
महिलाहरुमा लोकप्रिय मानिएको आसन कुकुरले जस्तै डगी स्टाइल हाे । यसमा वीर्य स्खलन हुनै लाग्दा पुरुषले लिंग बाहिर निकाल्ने प्राकृतिक गर्भ निरोधका लागि उपयुक्त यो आसनमा महिला पार्टनर घोप्टो परी पुरुष पार्टनरले पछाडिबाट यौन सम्पर्क कायम गर्छ। यस क्रममा महिला पार्टनरले कम्मर बंग्याउने वा घुँडा टेकेर बस्न सक्छिन्। हतारमा यौनसम्पर्क राख्नुपर्दा वा यौन सम्पर्क कायम गर्न समय कम हुँदा बढी जसोले यो आसन अपनाउने गर्छन्। उत्तानो पारी बढी जसो यौन सम्पर्क गरिने भए पनि अन्य आसनमा स्खलित वीर्य लटपटिने, छरपस्टिने सम्भावना भएकाले तथा बाह्य वीर्य स्खलनका क्रममा सहज नियन्त्रण गर्न सकिने भएकाले डग स्टाइल पनि प्रचलित नै छ।
सिंहासन मुद्रा : यसमा यौनसम्पर्कको बेला, खुट्टा र खुट्टाको औँलामा भुइँमा टेकेर मुनि हातहरू घुँडामा राखेर यौन सम्पर्क गरिन्छ । जसले शरीरमा शक्ति र वीरताको विकास गर्छ।
गुप्तआसन : यो आसन बायाँ खुट्टा गुदाको सम्पर्कमा राखेर भुइँमा बसिन्छ त्यसपछि नितम्ब उठाएर दाहिने खुट्टालाई बायाँको माथि यसरी राखिन्छ कि खुट्टाको औंलाहरू बायाँ खुट्टाको तिघ्रामुनि पुर्याइन्छ । हातहरू घुँडाभन्दा अगाडि फैलाइएका हुन्छन् ।
यौनसम्पर्क गर्ने सही तरिका विशेषगरी सेक्स आसन गर्नुअघि आफ्नो शरीरलाई ढीला छोडेर केही क्षण आराम गरेर गर्नु उपयुक्त हुन्छ । यौनसम्पर्कमा हतार गरिनु हुँदैन । विशेषत: यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच