काठमाडौं । काठमाडौंको कालीमाटीस्थित नेपाल बहुउद्देश्यीय कृषि सहकारी संस्थाको ३२औँ वार्षिक साधारणसभा शनिबार कीर्तिपुरमा सम्पन्न भएको छ । २०४८ सालमा पाँचजना कृषिविज्ञहरूले २०-२० हजार रुपैयाँ सेयरबाट सुरु गरेको सहकारी संस्थामा हाल सेयर सदस्य संख्या एक सय ३९ सेयर पुगेको छ भने सेयर संख्या ६४ हजार दुर्ई सय ७९ र सेयर पुँजी ६४ लाख २७ हजार नौ सय रुपैयाँ रहेको छ ।
संस्थाले हाल चापागाउँ, चाबहिल, काभ्रेस्थली, बुद्धनगर, छेपेटारलगायत पाँचवटा आउटलेटमार्फत् विभिन्न कृषिजन्य वस्तुको बिउबिजन र कृषि सामग्रीहरू बिक्रीवितरण गर्दै आएको जनाएको छ । साथै विभिन्न १६ वटा विभिन्न सहकारी संस्थाहरूसँग पनि सहकार्य गरेको संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ वर्षका लागि कृषि सामग्री खरिदतर्फ अनुमानित चार करोड ९५ लाख रुपैयाँ र कृषि सामग्री तथा बिउबिजन बिक्रीतर्फ छ करोड ९० लाख रुपैयाँ आयव्यय प्रस्तुत गरेको छ । संस्थाको गत आर्थिक वर्षको कुल ऋणात्मक नाफा सात लाख ८९ हजार ५७ रुपैयाँ रहेको छ । संस्थाका अध्यक्ष किशोरप्रसाद पन्तको सभापतित्वमा भएको साधारणसभामा सचिव बोमबहादुर थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, उपाध्यक्ष टंकनारायण श्रेष्ठले आगामी वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुति, कोषाध्यक्ष दिनेशबाबु तिवारीले गत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, लेखा समिति संयोजक दयामणि गौतमले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन र पूर्वअध्यक्ष जगन्नाथ अधिकारीले कर्मचारी प्रशासन तथा आर्थिक नियमावली पुनः संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाबाट उल्लेखित सबै प्रस्ताव पारित भएका छन् । सो अवसरमा वरिष्ठ कृषिविज्ञ इन्द्रराज पाण्डेलाई संस्थाले सम्मान गरेको थियो । तरकारीबालीतर्फ मूला, रायो, राजमा, मिसी, केराउ, प्याज, काँक्रो र खाद्यान्नबालीतर्फ मकै र गहुँको बिउ उत्पादन र बिक्रीवितरण गर्दै आएको नेपाल बहुउद्देश्यीय कृषि सहकारी संस्थामा अधिकांश कृषिविज्ञ आबद्ध छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच