‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा सहयोग

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । ‘सुुवर्ण शंमशेर स्मृति’ अक्षयकोषमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन पाल्पाले आर्थिक सहयोग गरेको छ । युनियनले नेपाली काँग्रेस पाल्पाले स्थापना गरेको उक्त अक्षकोषमा एक लाख १० हजार रकम सहयोग गरेको हो ।

सहयोग रकमको चेक एक औपचारिक कार्यक्रमकाबिच युनियनका जिल्ला अध्यक्ष रवि अर्यालले काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । रकमको चेक बुुझ्दै काँग्रेस सभापति श्रेष्ठले युनियनले पार्टीप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै युनियनमा आवद्ध सबैलाई धन्यवाद दिनुभयो । उहाँले पार्टी सचिवालयलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन आफु सभापति भएपछि ‘सुवर्ण शंमशेर’ अक्षयकोष स्थापना गरेको बताउँदै सबैको सहयोगबाट नै अक्षयकोष वृद्धि गर्दै लगिएको बताउनुभयो ।

सभापति श्रेष्ठले भन्नुभयो ‘अहिलेसम्म हामीले अक्षयकोषमा ६२ लाख रकम जम्मा गरिसकेका छौं, हाम्रो लक्ष्य एक करोड पुर्‍याउने हो ।’ अक्षकोषबाट आएको व्याजबाट नै पार्टी सचिवालय सञ्चालन गरिने उहाँको भनाई छ । सचिवालयललाई व्यवस्थित र चुस्त नबनाउँदासम्म पार्टीका संरचनाहरु बलियो नहुने भएकाले सचिवालय व्यवस्थापनका लागि आफुहरु लागेको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा सभापति श्रेष्ठले अहिले मुलुकमा केही भएन भन्दै युवाहरू विदेश जाने प्रवृत्तिको विकास भएकोप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै प्रचुुर सम्भावना भएकाले सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो ‘अब राजनीति दल, कर्मचारी, उद्योगी, व्यवसायीहरू एक भई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न जरूरी छ । हैन भने भोलीका दिनमा देश वृद्धाश्रम बन्ने निश्चित छ ।’

कार्यक्रममा युनिका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले युनियनलाई संस्थागत गर्न पार्टी र युनियन एक भई अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । युनियनले संघीय निजामती ऐन ल्याउनका लागि लामो समयदेखि संघर्ष गरिरहेको तर अहिलेसम्म नआएको गुनासो गर्नुभयो । युनियन जिल्ला अध्यक्ष रवि अर्याल युनियन र पार्टी बिचको सम्बन्धलाई थप मजबूद र बलियो बनाउन अक्षकोषमा सक्दो सहयोग गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?