काठमाडौं । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १०औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । सोही स्पर्धामा एलआरआईले पनि जितका साथ यात्रा प्रारम्भ गर्यो ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले केभीसीलाई १७-१३ ले पराजित गर्यो । रेडियन्टको जितमा रिजा मोक्तानले ६ अंक योगदान गरिन् । माल्सा न्यौपानेको आठ अंक सहयोगमा एलआरआईले सेन्ट्रल स्टेटलाई १८-९ ले हरायो ।
सिनियर ब्वाइजमा पिपुल्स एकेडेमीले दि एक्सेल पब्लिकलाई २०-१५, क्षेत्रग्नले सभ्यता पाठशालालाई ३७-१३, राइजिङ स्टारले विस्डमलाई २७-११, एलआरआईले केभीसीलाई २९-१९ र बेबी एन्जलले युगान्तालाई १७-१४ ले पाखा लगाए । पिपुल्सका कृजन राईले सात, क्षेत्रग्नका सुशिल शाहीले २६, राइजिङ स्टारका प्रयास ढकालले १२, एलआरआईका रुइची श्रेष्ठले १९ र बेबी एन्जलका आर्यन नगरकोटीले १२ स्कोर गर्नुभयोे ।
जुनियर ब्वाइजमा पिपुल्स विजयी भयो । पिपुल्सले केभसीलाई १६-७ ले पन्छायो । पिपुल्सका आयुश सिंहले सात अंक जोड्नुभयो । प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभयोे । मंसिर ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ गरी ४८ टिम सहभागी छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र