झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वसभामुख स्व. दमननाथ ढुंगाना संयम, शालीन, अनुकरणीय र जीवनकाल भरको योद्धा भएको बताउनुभएको छ ।
आइतबार दिउँसो निधन हुनुभएको ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री शर्माले भन्नुभयो," दमननाथ ढुंगाना पक्ष-प्रतिपक्ष सबैका लागि एउटा निष्पक्ष पाठ हो ।" उहाँले स्व. ढुंगानालाई संसदीय प्रणालीमा आवश्यक संयम र सालिनताको अनुकरणीय र अथक योद्धाको रूपमा चित्रण गर्नुभएको छ ।
महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, "दमन दाइको आत्मालाई स्वर्गमा शान्ति मिलोस् ,श्रद्धापूर्वक श्रद्धाञ्जली !" ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आज सरकारले सार्वजनिक विदा दिएको छ । उहाँको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि गौचरणमा राखिएको छ । २०४८ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि उहाँ सभामुख बन्नु भएको थियो ।
२०५१ मा मध्यवधी निर्वाचन घोषणा भएपछि उहाँको पद समाप्त भएको थियो । देशको शान्ति प्रक्रिया, संसदीय अभ्यासमा स्व. ढुंगानाले सार्थक योगदान पुर्याउनु भएको थियो । उहाँलाई नेपाली राजनीतिमा समन्वयकारी भूमिका पर्याय, लोकतान्त्रिक आन्दोलन र संसदीय अभ्यासका अगुवाका रूपमा स्मरण गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच