काठमाडौं । काठमाडौं राजधानी लगायत देशका अधिकांश स्थानमा चिसो मौसम सुरु भइसकेको छ । तराईमा पनि विहान बेलुका चिसो महसुस हुन थालेको छ भने हिमाली जिल्लामा हिँउसमेत पर्न थालेको छ । दिनप्रति दिनको मौसममा चिसोपन बढ्दै गएपछि धेरै मानिसहरु यति बेला चिसोका कारण रुघाखोकी तथा मौसम परिवर्तनको समयमा देखिने मौसमी भाइरलका कारण ग्रसित हुने गर्दछन् ।
खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, आत्मबल कजोर भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।
जाडो मौसममा सबैभन्दा सताउने रोग निमोनिया हो । निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । त्यसैले निमोनिया भइसकेका व्यक्ति अझ बढी सचेत रहनुपर्छ । अरुले हुन नदिन सावधानी अपनाउनुपर्छ ।
यस्तै टन्सिल हुने मानिसको पीडा निकै कष्टकर हुन्छ । जाडोमा निम्तिने अनेकन समस्यामध्ये यो पनि एक हो । चिसोका कारण हुने टन्सिलबाट बच्न पहिलो कुरा त चिसोबाट जोगिने तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ । भण्टा, राम्ररी नपाकेको केरा, चिल्लो, अमिलो पिरो, धेरै तातो वा अत्याधिक चिसो खानेकुरा बार्ने गर्नुपर्छ । साँझमा मनतातो पानीले कुल्ला गर्नुपर्छ ।
परिवर्तन भइरहेको मौसमका कारण शारिरिक स्थितीमा निकै परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा यो परिवर्तनशील मौसमले तपाईंको स्वास्थ्यमा कस्तो असर पार्छ यस विषयमा जानकारी लिऔं ।
अब मौसम लगातार परिवर्तन भइरहेछ । चिसो मौसमबाट हामीले चाँडै नै गर्मीतिर लाग्दैछौं । अहिले बिहान बेलुका चिसो छ भने दिउँसो गर्मी भइसकेको छ । तर तपाईंलाई थाहा छ, यो परिवर्तन भइरहेको मौसम तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको छ । परिवर्तन भइहरको मौसमका कारण शारिरिक स्थितीमा निकै परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा यो परिवर्तनशील मौसमले तपाईंको स्वास्थ्यमा कस्तो असर पार्छ यस विषयमा जानकारी लिऔं ।
धेरैमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल हुने तथा भाइरल ज्वरोले सताउने समस्या देखा पर्छ । त्यसका अतिरिक्त जाडो मौसममा बाथरोग, दम, निमोनियाँ आदि रोगबाट पीडितहरूलाई पनि निकै कष्ट हुन्छ । बाथरोग विशेषज्ञहरुका अनुसार बाथरोगको समस्या जाडो मौसममा बल्झिन्छ । जाडो याममा चिसोका कारण हाडजोर्नी बढी सुन्निने, अररो हुने तथा दुख्ने समस्या सिर्जना हुन्छ ।
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । चिकित्सकका अनुसार नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । त्यसैले एक्लै बस्दा मास्कको प्रयोग नगर्ने, चिकित्सकको सल्लाहबमोजिम विभिन्न खानपान बार्नुपर्ने हुन्छ ।
जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । एक त चिसो मौसमको बेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । अर्कोतर्फ जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् ।
यसैगरी यो मौसममा छातीको समस्या तथा भाइरल इन्फेक्सन वृद्धि हुन्छ भने बाथका बिरामीहरूमा पनि विभिन्न कारणले छातीको समस्या देखा पर्न सक्छ । बाथले फोक्सोमा असर गर्दा फोक्सोमा जाली पर्ने अथवा पानी जम्ने वा न्युमुनिटिस हुने हुन्छ । यसैगरी बाथमा प्रयोग हुने औषधीले रोग प्रतिरोधक क्षमता (इम्युनिटी)मा कमी ल्याउने भएकाले चिसोको संक्रमण हुने सम्भावना हुन्छ ।
– परिवर्तन भइरहेको मौसममा सबैभन्दा धेरै तनाव पनि हुने गर्दछ ।
– थुप्रै मानिसहरुलाई छाला पोल्ने, डाबर आउनेजस्ता समस्या हुनसक्छन् र छाला रुखो पनि हुनसक्छ ।
– धेरै मानिसहरुलाई पेट सम्बन्धि रोग पनि लाग्न सक्छ, पेट दुख्ने, भोक नलाग्नेजस्ता समस्या हुन सक्छ ।
– कति मानिसहरुलाई कफको समस्या पनि हुनसक्छ । धुँवा–धुलोबाट बच्नुपर्छ ।
यस्तो समस्याबाट जोगिन मुख्यत: चिसोबाट बच्नुपर्छ । समस्या आइहाले हात-खुट्टालाई चिसो हुनबाट बचाउनुपर्छ । धूमपानले पनि रक्तनली खुम्च्याउने भएकाले यस्ता समस्या भएका मानिसले यसबाट टाढै रहनुपर्छ ।
चिसोबाट बच्ने उपाय
–न्यानो कपडा लगाउने
–आगो ताप्ने ।
–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।
–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।
– धेरै नुनिलो नखाने
–पौष्टिक खानेकुरामा जोड दिने ।
–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।
पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच