
काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर(होटल) निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्तरूपमा अन्नपूर्ण स्क्वायर निर्माण सुरु गरेका हुन् ।
सोमबार एक विशेष समारोहबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा अन्नपूर्ण स्क्वायर निर्माण सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार भारतको आर्किटेक्चर कम्पनीले डिजाइन गरेको होटल दुर्ई चरणमा काम सम्पन्न हुनेछ भने २०८५ वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।
२५ तलामध्ये होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको स्टोरसमेत रहनेछ । करिब छ अर्ब लगानीमा निर्माण सुरु भएको हो । अहिले अन्नपूर्ण होटलको पुरानो संरचना भत्काउने काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच