विकास निर्माणका नाममा जथाभाबी मेसिन प्रयोग गर्नु घातक : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स

फाइल तस्बिर

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरुको सामना गर्नुपरेको बताउनुभएको हो । उहाँले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताउनु भयो ।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्ने भन्दै हतारमा मेसिनहरुको प्रयोग गर्नु घातक हुने बताउनु भयो । देशको भौगोलिक अवस्थितिबारे गहन रुपबाट सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो । तीन तहकै सरकार मिलेर काम गरेमात्रै सोचेअनुरुपको नतिजा निस्किने बताउनु भयो । विकासको लागि सडक शुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘गाउँपालिका तथा नगरपालिकाहरुमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरु देखिरहेका छौं । बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढी, पहिरोले समेत पुष्टि गरिसकेको छ । त्यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधिहरु प्रयोग गरेर बाटोहरु निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाई छ । त्यसमा पनि जुन हिसावको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । हतारमा मेसिनहरुको प्रयोगमात्र गरेर हुँदैन । विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्‍यो नि त ।’

नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरुभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
गणेश नेपालीको मृत्युले राज्य र समाजलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ… गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा राेकियो लागुऔषधसहित २० जना पक्राउ सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी