
ढाका । यू-२० महिला साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बुधबार बसेको बैठकले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई अर्को संस्करण आयोजना गर्द दिने निर्णय गरेको हो ।
महिला फुटबल आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा हुनेछ । त्यसैगरी बैठकले साफ यू-१९ पुरुष फुटबल २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म गर्ने निर्णयसमेत गरेको छ ।
गत वर्ष बंगलादेशले नै यो प्रतियोगिता आयोजना गरेको थियो । फाइनलमा नेपाललाई ३-० ले पराजित गर्दै बंगलादेशले नै उपाधि हात पारेको थियो । यो उमेर समूहमा दोस्रोपल्ट प्रतियोगिता हुन लागेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच