
काठमाडौं । काठमाडौंकाे दरबारमार्गमा आयोजित सत्तारुढ दल नेकपा एमालेले जागरण सभा सुरु भएको छ ।
सभामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु उपस्थिति छ ।
सभा अघि एमालेले काठमाडौंमा र्याली निकालेको थियो । भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत भएको हो ।
पञ्चेबाजासहित सुरु भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गर्दै सभामा परिणत भएको हो। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए।
कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति छ ।
कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले महासचिव पोखरेलले सम्बोधन गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच