काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो प्रपञ्च रचिएको दाबी गर्नुभएको छ ।
पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताउनु भएको हो ।
‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’ उहाँले भन्नुभयो।
महासचिव पोखरेलले संकट समाधानको लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको दाबी पनि गर्नुभयो ।
‘मुलुकलाई संकटबाट माथि उठाउने उदेश्यका साथ अगाडि बढिरहेको बेला हाम्रो प्रयासलाई असफल बनाउने उदेश्यका साथ नेपाली राजनीतिमा भ्रम र दुस्प्रचारको श्रृंखला अगाडि बढाउने जुन प्रकारको काम भएको छ । त्यसलाई चिरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने संकल्प र अठोटका साथ यो जागरण सभा गरिएको हो।' उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले नेपालमा कम्युनिष्टहरुको सरकार आएमा वृद्धवृद्धालाई मार्छन भनेर भ्रम छरिएको स्मरण गर्दै तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारको पालामा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भक्ता दिएर त्यो भ्रम चिरिएको स्मरण गर्नुभयो। ‘मनमोहन अधिकारीको सरकारको पालामा सामाजिक सुरक्षा भक्ता वितरण गरेर नेपालमा सामाजिक सुरक्षाको एउटा मोडेल स्थापित गर्यो । हाम्रै अध्यक्ष प्रधानमन्त्री भएको बेला सामाजिक सुरक्षा योजनको अवधारणा अघि सार्यो’ । उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको बताउनु भयो। ‘छानबिन गरौं न, के फरक पर्छ !’, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको दाबी गर्नुभयो। अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताउनु भयो । अध्यक्ष ओलीले त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नुभएको पोखरेलले बताउनु भयो ।
महासचिव पोखरेलले कहिल्यै नाकाबन्दी नलाग्ने, लोडसेडिङ अन्त्य गर्ने, आर्थिक विकासको कामलाई अगाडि बढाउने काम एमालेले नै गरेको दाबीसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच