काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिनुभएको छ ।
महासचिव पोखरेलले कम्बोडियाको टेलिकममा पार्टी अध्यक्ष ओलीको लगानी रहेको कसैले पुष्टि गरे डबल पैसा सो व्यक्तिलाई दिने बताउनु भयो ।
काठमाडौंमा शुक्रबार भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्बोडियामा लगानीको विषयमा स्यालहुइयाँ मच्चाइएको बताउनु भएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीलाई कम्बोडियामा लगानी गरेको भन्दै लगाएको आरोपको खण्डनमा उहाँले यस्तो बताउनु भएको हो ।
एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिलाई सही बाटोमा अघि बढाउने हो भने, दुनियाँको विकास र समृद्धिको अनुभवबाट शिक्षा लिने हो भने कुनैपनि राष्ट्रको विकास र समृद्धिका लागि तीन वटा विषय अपरिहार्य हुन्छ । त्यो भनेको दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । आज हाम्रो मुलुक किन बनेन भन्दा राजनीतिक अस्थिरताका कारण यो मुलुक बन्न सकेन । बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री व्यहोरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औषतमा सवा वर्ष पनि काम गर्न पाउँदैन । हाम्रा छिमेकीहरुले प्रगति गरे भनेर चर्चा गर्ने गर्दछौँ । चीनमा के छ, कार्यकारी राष्ट्रपति हुने गर्दछ । त्यहाँ सि जिनपिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्नुभएको छ । अर्कोतिर भारतमा हेरौँ । भारत विकासको बाटोमा अघि बढिरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ । नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ । यही समयमा हामीले नेपालमा एक दर्जन भन्दा बढी प्रधानमन्त्री बनाइसक्यौँ । के यस्तो अवस्थामा यो अस्थिरताको अवस्थामा नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुनसक्छ ? सक्दैन । त्यसअर्थमा नेकपा एमालेले संकल्प गरेको छ, अठोट गरेको छ, नेकपा एमालेले भनेको छ । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । त्यो निर्णायक राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो । नेकपा एमालेले मात्रै यो मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्छ । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ । जसले यो मुलुकलाई संकटबाट बाहिर निकाल्ने सामथ्र्य राख्दछ । विकास र समृद्धिको जसले नयाँ भिजन प्रश्तुत गर्ने सामथ्र्य राख्दछ ।’
महासचिव पोखरेलले एमाले देश बनाउने यात्रामा रहेको र देश बनाएर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेले नै राष्ट्रको स्वाधिनता र स्वाभिमान कायम राख्ने बताउनु भयो । उहाँले समाजमा अराजकता मच्चाए र निराशा छरेर देश बन्न नसक्ने जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच