ओहायो । आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम वार्षिक साधारणसभा आगामी फेब्रुवरी २, २०२५ अर्थात् माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको विशेषगरी गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरूको सामुहिक संस्था ‘आप्रवासी नेपाली गीतकार संघ, अमेरिका’ले आफ्नो प्रथम वार्षिक साधारणसभा फेब्रुवरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा गर्ने भएको छ ।
उक्त दिन ज्ञान र विद्याकी देवी सरस्वतीको उपासना गर्ने दिन सरस्वती पूजा परेकाले हरेक वर्ष संघको वार्षिक अधिवेशन सरस्वती पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ । नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरूको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्यसम्बन्धी महत्वपूर्ण चर्चापरिचर्चासहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रम सञ्चालन गरिनुका साथै केही नयाँ कृतिको लोकार्पण गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभयो ।
संघको यो प्रथम कार्यक्रम भएकाले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकबाट ठूलो संयामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले जानकारी गराउनुभयो ।
समारोह ओहायो राज्यको रेनल्डसवर्ग शहरमा हुनेभएको छ । उक्त सभाबाट आफ्नो भावी योजना एवं कार्यदिसा तय गर्ने जानकारीसमेत संघले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच