झापा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा पदमबहादुर राईको शनिबार साँझ ६:३० बजे वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । शान्ति प्रक्रियापछिको अन्तरिम सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्रीरहनु भएको राई २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।
उहाँले त्यसबेला कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमाले उम्मेदवार जयन्ती राईलाई हराएर संविधानसभा सदस्य निर्ताचित हुनु भएको थियो । भोजपुरको षडानन्द नगरपालिका-१४ बोया स्थायी घर हुनुभएको ५७ वर्षीय राई लामो समयदेखि पारकिन्सन रोगबाट पीडित हुनुहुन्थ्यो ।
पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोका अनुसार राईका श्रीमती जमुना राई, छोरी सामना र छोरा सन्देश राई हुनुहुन्छ । स्व. राई पार्टीमा इमान्दार छवि बनाउनु भएको नेता हुनुहुन्थ्यो । केन्द्रीय सदस्य आङ्बोले राईको निधनबाट पार्टीले बौद्धिक र इमान्दार नेता गुमाएको बताउनुभयो । राईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आङ्बोले परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य रहनुभएको पदमबहादुरको पार्थिव शरीर श्रद्धाञ्जलीका मंसिर ९ गते (आज बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । अहिले राईप्रति पार्टी नेताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । राईको आज नै जातीय परम्परा अनुसार दाहसंस्कार गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच