पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् ।

आईतवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् । उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे ।

फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताउनु भयो । उहाँले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गर्नुभयो । फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारितामा फोटोको महत्व धेरै नै हुन्छ । हामीले सुन्ने गरेको के हो भने फोटोग्राफी राम्रो भयो भने एउटै फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउँछ भन्छ । फोटोबाट के म्यासेज दिन खाजेको हो भन्नेकुरा स्पष्ट हुनुपर्छ । फोटोग्राफीलाई अझ सशक्त बढाउन भुमिका खेल्नुपर्छ ।’

फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?