
काठमाडौं । गत कात्तिक १५ गतेबाट पोष्टपोण्ड भएर आगामी पुस २६ गतेलाई सिनेमाघरमा आउने मिति तय रहेको चलचित्र ‘मायावी’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब यो चलचित्र आगामी फागुन १४ गते (महाशिवरात्रि)मा सिनेमाघरमा आउने भएको छ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनित चलचित्र ‘मायावी’को आइतबार एक पोष्टरमार्फत् आगामी फागुन १४ गते (महाशिवरात्रि)लाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।
यो मितिमा यसअघि चलचित्र ‘लाज शरणम्’ र त्यसको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ले सिनेमाघरमा आउने मिति तय गरिसकेका छन् । दीवाकर भट्टराईको निर्देशन रहेको ‘मायावी’को सार्वजनिक पहिलो पोष्टरमा पल र दीपिका प्रस्तुत हुनुहुन्छ । जसमा समावेश दुई तस्वीरमध्ये एउटामा उहाँहरू रोमान्टिक भावमा चित्रित हुनुहुन्छ भने अर्कोमा पल भावुक देखिनुभएको छ । पृष्ठभूमिमा टल्किरहेको हिमालसहित फेवाताल र त्यहाँ तैरिएका एक जोडी डुंगा देख्न सकिन्छ । पोष्टरले चलचित्रको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको चलचित्रको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने रहनुभएको छ । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोललगायतको अभिनय छ । राजुविक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खाँनको ट्रेलर तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत छ चलचित्रमा ।
महाशिवरात्रिमा तीन नेपाली चलचित्र
‘मायावी’ फागुन १४ गते सिनेमाघरमा आउने भएसँगै यो महाशिवरात्रिमा तीन नेपाली चलचित्र सिनेमाघरमा आउने भएका छन् । यसअघि फागुन १४ का लागि चलचित्र ‘लाज शरणम्’ले पनि प्रदर्शन मिति तोकेको थियो । त्यस्तै, फागुन १६ गते ‘होस्टेल ३’ रिलिज हुने तयारीमा छ । फागुन १४ गते महाशिवरात्रिको दिन भएकाले ‘मायावी’ र ‘लाज शरणम्’ एकै दिन प्रदर्शनमा आउनेछन्, भने ‘होस्टेल ३’ शुक्रबार प्रदर्शन हुनेछ ।
‘लाज शरणम्’ हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)को निर्देशनमा बनेको छ । यो चलचित्रमा विजय बराल, महेश त्रिपाठी, रेनु योगी, सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज)लगायत कलाकारको अभिनय रहेको छ । निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुनुहुन्छ ।
‘होस्टेल ३’ शृंखलाको तेस्रो भाग हो । सशान कँडेल निर्देशित यस चलचित्रमा पारस बम (कुल ब्वाय), रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खाँन, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको अभिनय छ । यो चलचित्रको स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो । निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुनुहुन्छ भने कार्यकारी निर्माता शंकर कोइराला, सह–निर्माताहरू सुधा मरहठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच