
विश्व राजनीति एक ध्रुवीयबाट बहुध्रुवीय भइसक्दा पनि नेपालका शासक वर्ग इण्डो-अमेरिकन गुलामीलाई नै आफ्नो परमसत्य मानिरहेका छन् । इण्डियाले ओलीलाई इण्डिया भ्रमणको निम्ता नदिँदा ओलीले चीन भ्रमण गर्न मंसिर १७ गतेको मिति तय गरिसकेका छन् । तर, इण्डियाले उनलाई चीन जानबाट रोक्न निम्ता दिइसकेपछि उनको मुड परिवर्तन भएको छ । इण्डियाले कुनै रहरले उनलाई निम्ता दिएको होइन । यदि दिएको भए मिति पनि तय गरेर पठाउँथ्यो तर उसको चाल भनेको ओलीलाई चीन जानवाट रोक्नु नै हो । चीन भ्रमण रोक्न निहूँ चाहिन्थ्यो । उनले रवि लामिछानेलाई थुनेर विद्रोहको आगो फुके ।
दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भनेका थिए तर ओलीको कम्बोडियामा टेलिकममा साढे ३२ अर्ब लगानी भएको पोल खोलिदिएपछि यिनलाई थुनामा राखेर आन्दोलन चर्काउने वातावरण बनाइदिए । दुर्गा प्रसार्इंले उनीविरुद्ध पेश गरेको विवरणको छानबिन गरी उनी दोषी भएमात्र उनलाई समात्नुपथ्र्यो । उनी निर्दोष भएको भए अहिले तुरुन्तै उनीहरूको जागरण कार्यक्रमका कमाण्डर राजन भट्टराईलगायतलाई कम्बोडिया किन पठाए ठिक्क उनले लगानी गरेको कम्पनीको साधारणसभाको बेला । नेपालीमा उखान छ, ‘चोरको खुट्टा काट्भन्दा आफ्नै खुट्टा तान्ने ।
यही मितिको सेरोफेरोमा केशरबहादुर विष्टलगायतले पनि आन्दोलन गर्ने घोषणा गरेका छन् । देशमा अस्थिरता फैलाएर यसैको निहुँमा चीन भ्रमण नगर्ने उनको मनसाय देखिन्छ । कांग्रेस पनि उनको चीन भ्रमण नहोस् भन्ने चाहन्छ । यदि भइहाल्यो भने पनि कुनै सन्धि–सम्झौता नहोस् र बिआरआई कार्यान्वयनको दिशामा नजाओस् भन्ने चाहन्छ । जसरी पनि नेपालको विकासलाई अवरुद्ध पार्न कांग्रेसले न्वारनको बल निकालिरहेको छ । अमेरिका र इण्डिया यी शासकवर्गको उद्धारकर्ता कदापि हुन सक्दैन । बरू यिनीहरूको पतनको बाटो हुन सक्छन् ।
नेपालमा देउवा प्रधानमन्त्री हुँदा राष्ट्रसंघमा युक्रेन र रुसको पक्षमा भोटिङ हुँदा युक्रनको पक्षमा नेपालले मतदान गरी अमेरिकाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति नहुनाले र नेपालका शासकवर्गको गुलामी मानसिकताले नेपाललाई अप्ठ्यारो परिस्थितिमा पारेको छ । ?
ट्रम्पले राष्ट्रपति पदको शपथ खाएर कार्यभार सम्हालेपछि तेस्रो विश्वयुद्ध टर्छ कि भन्ने थियो र अद्यापि छ तर त्यसअघि नै जो बाइडेन सरकारले युक्रेनमा प्रतिबन्धित हतियारहरू र आर्थिक सहयोग पठाएर रुसमाथि आक्रमण गर्ने आदेश दिएको छ । युक्रेनले उसको आदेशको पालन पनि गरिसकेको अवस्था छ । रुसी संसद्ले पुटिनलाई आणविक हतियार प्रयोग गर्ने अधिकारसमेत दिएको छ । यदि रुसले आणविक हतियार प्रयोग गर्यो भने तेस्रो विश्वयुद्धलाई रोक्न सकिँदैन । बाइडेन प्रशासन एकैचोटि रुस र इरानसँग भिडिरहेको छ । नाटोमा पनि मतभेद छ । हंगेरी रुसको समर्थनमा छ । फ्रान्स र जर्मनी पनि आगामी दिनमा नाटोको फैसलाविपरीत नजाला भन्न सकिँदैन ।
खाडी मुलुक इस्लामको नाममा एकदिनसँगै हुनेछन् । साउदी अरबमा अमेरिकाले हालसालै क्षेप्यास्त्रसहितका विमान पठाए तापनि भोलिका दिनहरूमा सिया र सुन्नी मिल्नसक्ने अवस्था छ इस्लामको नाममा । सिया सुन्नी विवादलाई थाती राखेर मुस्लिम जगत एक हुनसक्ने अवस्था पनि छ । उता रुसी दार्शनिक, विश्लेषक र पुटिनको सल्लाहकार अलेक्जेण्डर दुगिनले आफ्ना लेखमार्फत युक्रेन रुसकै भूभाग हो भनिसकेका छन् । रुसको लक्ष युक्रेनलाई पुनः रुसमै एकीकरण गर्ने नै हुनेछ भन्ने उनको सन्देशले दिएको छ तर नेपालमा देउवा प्रधानमन्त्री हुँदा राष्ट्रसंघमा युक्रेन र रुसको पक्षमा भोटिङ हुँदा युक्रनको पक्षमा नेपालले मतदान गरी अमेरिकाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति नहुनाले र नेपालका शासकवर्गको गुलामी मानसिकताले नेपाललाई अप्ठ्यारो परिस्थितिमा पारेको छ ।
नेपाली शासकवर्गका मालिक जो बाइडेन जाँदाजाँदै फेरि विश्वयुद्ध सुरु गराउनेतर्फ गएका छन् । बेलायत पनि अमेरिकाको पछि लागेको छ । पुटिनले भनेका छन्, प्रेसिडेन्ट जो बाइडेनको प्रशासनको अनुमुदोनपछि युक्रेनमा १९ नोभेम्बरमा अमेरिका निर्मित छवटा एटिएसिएमएस र २१ नेभेम्बरमा ब्रिटिस स्टर्म स्याडो मिसाइलले रुसमाथि आक्रमण गरिएको छ । जो बाइडेनको रुसमासथ आक्रमण गर्न युक्रेनलाई उचाल्दै क्षेप्यास्त्र तथा प्रतिबन्धित हतियारहरू दिएपछि पुटिनले आणविक आक्रमण गर्ने धम्की दिएका छन् । आफू जनवरी १९ सम्म राष्ट्रपति रहँदासम्म बाइडेनले अरू कति खतरनाक पाइला चाल्ने हुन् कल्पना गर्न सकिन्छ ।
बाइडेनले दूरगामी क्षेप्यास्त्र हतियार प्रक्षेपण गर्ने आदेशले उनी झन् आक्रामक हुँदै गइरहेको देखिन्छ । रुसले बाइडेनको निर्णयलाई आगोमा घ्यू थपेको भनेको छ । क्रेमलिनको प्रवक्ता दिमित्री पेसकभले बाइडेनको यो निर्णयको अर्थ भयो, रुस र युक्रेनका युद्धमा अमेरिका प्रत्यक्ष संलग्न हुनुभनेका छन् । यस विषयमा डोनाल्ड ट्रम्पको कुनै मन्तव्य आएको छैन । उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले भनेका छन्, ‘शान्ति प्रतिष्ठा र मानिसको जीवन बचाउन मेरा बाबाले कार्यभार ग्रहण गर्नुपूर्व सामरिक बाहिनीले तेस्रो विश्वयुद्ध सुरु गर्ने विषय निश्चित गरेको देखिन्छ ।’ डोनाल्ड ट्रम्पले आफ्नो चुनाव अभियान ताका युक्रेन युद्ध बन्द गर्ने प्रतिश्रुति दिएका थिए ।
स्वाभाविक रूपमा यो प्रश्न उठ्छ, बाइडेन प्रशासनले लिएको साम्प्रतिक निर्णय कति महत्वपूर्ण र यसको परिणाम के हुन्छ ? रुस सकेसम्म ट्रम्पको सत्ताआरोहणसम्म पर्खने र अहिले युक्रेनी आक्रमणको प्रतिरोधमात्र गर्ने पक्षमा छ तर युक्रेनी आक्रमणको सीमा नाघेपछि रुस चूप लागेर बस्नेछैन । अमेरिकाले दूरगामी क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति किन दियो ? सम्प्रति रुसको कुरस्क क्षेत्रमा उत्तर कोरियाली सेना तैनाथ छ । यसभन्दा पहिला युक्रेनी सेनाले अगष्ट महिनामा यस क्षेत्रमा आफ्नो सैन्य अभियान चलाएका थिए । कुरस्कमा उत्तर कोरियाली सेना तैनाथ गरेकाले अमेरिकाले दूरगामी क्षेप्यास्त्र चलाउने अनुमति दिएको हुुनुपर्छ ।
रुसी सेनाले पनि पूर्वीयुक्रेनमा आफ्नो अग्रयात्रालाई जारी राखेको छ र ती स्थानमा बलियो पकड बनाएको छ । जेलेनस्कीले पनि अमेरिका र युरोपियन युनियनलाई केही महिनाअगाडिदेखि क्षेप्यास्त्र प्रयोग गर्न दिन आग्रह गरिरहेका थिए । अल जजिराको कूटनीतिक संवाददाता जेम्स बेसले भनेका छन्, ‘विशेषगरी युक्रेनको दबाबको अर्थ हो पश्चिमी देशहरूको समर्थन, खासगरी किभले कब्जा गरेको रुसको कुरस्क क्षेत्र आफ्नो कब्जामा राखिरहनु । अमेरिका, युक्रेन र दक्षिण कोरियाको भनाइमा उत्तर कोरियाका १२ हजार सेना रुसमा गएका छन् । मस्कोलाई प्योङयाङले हतियार पनि दिइरहेको उनीहरूको अभियोग छ । गत मार्चमै अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र दिइसकेको थियो तर यो रुसको कुरुस्क क्षेत्रमा दुईपटक मात्र प्रयोग भएको थियो ।
ओलीले आफ्नो जीवन तथा राजनीतिको सन्ध्या कालमा चीनसँग सुमधुर सम्बन्ध स्थापना गर्न बिआरआई परियोजना आफ्नै कार्यकालमा लागू गरेर जान सक्नुपर्छ । उनले नगरे तापनि यो परियोजना ढिलोचाँडो एक दिन अवश्य लागू हुने नै छ ।
अहिले आफ्नो पद छोड्नु नौ हप्ता अगाडिमात्र बाइडेनले किभलाई क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिएको छ तर ट्रम्पले रुस युक्रेन युद्ध रोक्ने भनिसकेकाले आगामी दिनहरूमा अमेरिकाले युक्रेनलाई हतियार दिन्छ कि दिँदैन भविष्यले बताउला । पुटिन र ट्रम्पको सम्बन्ध ट्रम्प पहिलोपटक राष्ट्रपति चुनाव लड्दादेखि राम्रो थियो । भनिन्छ ट्रम्पलाई दुबैपटक जिताउनमा पुटिनको हात छ । अब हेर्नु छ यो सम्बन्ध भविष्यमा कस्तो होला । राजनीतिमा सम्बन्ध बन्नु र बिग्रिनु पलभरमै हुने गर्छ । पुटिनले अमेरिकाले युक्रेनलाई दूरगामी क्षेप्यास्त्र प्रहारको अनुमति दिएपछि भनेका छन्, ‘यदि यस्तो भएमा स्मरण गर्नुपर्छ यो आक्रमणको रूप परिवर्तन हुनेछ । हाम्रा लागि जस्तो धम्की दिइनेछ, सोही अनुरूप हामीले पनि यथोचित निर्णय लिने छौं ।’
अमेरिका र युरोपबाट प्राप्त हतियारको प्रयोग जेलेनस्कीले कुरस्क लगायत रुसको पश्चिमी क्षेत्रलगायत सामरिक स्थानमा प्रयोग गर्नेछ । द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी अधिकारीहरूले भनेका छन्, किभ सम्भवतः कुरस्कको चारैतिर रुसको अन्य क्षेत्रहरूमा पनि क्षेप्यास्त्रले आक्रमण गर्नेछ । एटिएसिएमएस (आर्मी ट्याक्टिकेल मिसाइल सिस्टम) प्रहार दूरी ३०० किमीसम्म हो । यसभन्दा पहिला अमेरिकाले किभलाई छोटो दूरीको क्षेप्यास्त्र दिएको थियो । युक्रेनले यसलाई कुरस्क र उत्तर कोरियाली सेनामाथि प्रयोग गर्नेछ ।
डिप स्टेटबाट सञ्चालित जो बाइडेनले युद्ध चर्काउन किभलाई क्षेप्यास्त्रपछि एन्टी पर्सनल ल्याण्डमाइन वा स्थलमाइन दिन राजी भएका छन् । अमेरिकी अधिकारी अनुसार यसले किभले युक्रेनको पूर्वी क्षेत्रमा अवस्थित रुसी सेनासँग भिड्न सहयोग गर्नेछ । एन्टी पर्सनल ल्याण्ड माइन प्रतिबन्धित हतियार हो । जे होस वाइइडेन आफू जानुअघि रुस युक्रेन र इजरायल इरान युद्ध चर्काएर जाने देखिन्छ । इरानविरुद्ध हालै उसले क्षेप्यास्त्रसहितको हतियार भएको विमान साउदी अरबमा ओरालेको छ । अमेरिका र युरोपियन आइएनजिओहरूको महासंघ एमाले हो ।
विश्व बहुध्रुवमा बाँडिएको अवस्था भए तापनि नेपालका शासक वर्गले अझै दक्षिण र पश्चिमको गुलामी गर्न छोडेको छैन । ओलीले आफ्नो चीन भ्रमणलाई नरोकी बिआरआई कार्यान्वयन गर्न सहमति गरेर आउनुपर्छ । ८५ प्रतिशत अनुदान र १५ प्रतिशत ऋणमा आउन लागेको परियोजनालाई कांग्रेसले पूरै अनुदान भए लिने नत्र नलिने भनेर अत्तो थापेको छ । अहिले प्रत्येक नेपालीको शिरमा करिब एक लाख ऋणभार छ । के तिनीहरूले ती सबै ऋण अनुदानमा परिणत गर्नेछन् ? ओलीले आफ्नो जीवन तथा राजनीतिको सन्ध्या कालमा चीनसँग सुमधुरसम्बन्ध स्थापना गर्न बिआरआई परियोजना आफ्नै कार्यकालमा लागू गरेर जान सक्नुपर्छ । उनले नगरे तापनि यो परियोजना ढिलोचाँडो एकदिन अवश्य लागू हुने नै छ । यो मुलुकको मात्र माग नभएर अहिलेको बहुध्रुवीय विश्वको माग पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच