काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ २०८२ सालको वैशख २६ गतेदेखि सिनेमाघरमा आउने भएको छ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको यो चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय गरिएको हो ।
केही महिनाअघि सार्वजनिक गरिएको फष्र्ट लुक पोष्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित हुनुहुन्थ्यो । सोमबार सार्वजनिक गरिएको पोष्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ ।
चलचित्रमा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपांगी मगरलगायतको अभिनय छ ।
नवीन चौहानले निर्देशन गरेको ऊनको स्वीटरू आर्टमाण्डू प्रालिले निर्माण गरेको पहिलो फिचर फिल्म हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेको छ । चलचित्रलाई निर्देशक चौहानले नै लेख्नुभएको हो भने लेखन सहकार्यमा सुरज कटुवाल रहनुभएको छ । चलचचित्रको छायांकन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको छ । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गर्नुभएको छ भने सम्पादन कृष्ण भण्डारीले गर्नुभएको छ ।
चलचित्रको एसोसिएट निर्माता केन्द्र मोशन पिक्चर्स रहेको छ भने सहनिर्माताहरूमा साहांग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहनुभएको छ । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच