
काठमाडौं । अमेरिकाको भर्जिनिया रिच्मण्ड क्षेत्रमा बसाेबास गर्ने नेपालीहरुले टेवुलटेनिस प्रतियोगिता सम्पन्न गरेका छन् । प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले यस्तो खेलकूद, साहित्यिक भेला र अन्य सांस्कृतिक आयोजनहरुले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई निकट बनाउने र एकआपसमा सम्पर्क विकास हुने विचार प्रकट गर्नुभएको थियो । यस्तो प्रयास स्तुत्य भएको हुनाले निरन्तरता दिनु पर्नेमा उहाँको जोड थियो ।
यस क्षेत्रका १६ जना खेलाडीहरु प्रतियोगितामा सहभागी थिए । चारचार खेलाडीको समूहमा विजयीहरु मध्ये सेमिफाइनल र फाइनल खेल भएको थियो । फाइनलमा अमित ज्वारचन, रुकेश पोख्रेल, अनिमेष दाहाल, क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । पुरस्कृतहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
खेल आयोजनको संयोजन सुमन कँडेलले रिच्मण्ड क्षेत्रका नेपालीहरुको सहभागितामा गर्नुभएको थियो । संयोजन गर्नु हुने कँडेलका अनुसार भविष्यमा पनि यस्तो कार्यक्रम गरी नेपालीहरुबीच सद्भाव र सहयोगको वातावरण विकास गर्दै लगिने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच