हेटौंडास्थित वनविज्ञानमा रहेको दक्षिण एसियाकै वनसम्बन्धि म्युजियम व्यवस्थापन नहुँदा प्रयोगविहिन 

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 11 mins

हेटौंडा । हेटौंडा-१० स्थित वनविज्ञानमा रहेको दक्षिण एसियाकै म्युजियम व्यवस्थापन सम्बन्धित निकायले चासो नदिँदा प्रयोगविहिन बनेको  छ ।

भारत सरकारद्वारा निर्मित तथा २०६३ सालमा उद्घाटन भएको वनविज्ञान अध्ययन संस्थान हेटौंडास्थित वनसम्बन्धि म्युजियम (संग्रहालय) प्रयोगविहीन अवस्थामा छ । एसियाको दोस्रो र नेपालको वनसम्बन्धि पहिलो अध्ययनर अनुसन्धान केन्द्र हाल प्रयोगविहीन मात्र
होइन, स्रोतको अभाव र अव्यवस्थापनका कारण जीर्ण बन्दै गएको छ । नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले यसको संरक्षण र सदुपयोगका लागि ध्यान दिएका छैनन् ।

वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको महत्वपूर्ण सम्पत्ति संरक्षणमा यहाँका सांसद्, जनप्रतिनिधि, प्रवुद्धवर्ग र प्रदेश सरकारलेविशेष ध्यान दिनुपर्ने देखिएको छ । सरकार वनविज्ञान अध्ययन संस्थान परिसरलाई बाहिरी व्यक्तिको हस्तक्षेपबाट मुक्त गरी भारतको  देहरादुन फरेष्टी कलेजले जस्तै नमुनाका रुपमा व्यवस्थापन गर्न लागेको छैन । यस अभियानकोनको नेतृत्वमा लाग्न आग्रह गरिएको छ । स्थानीयहरु क्याम्पसको सम्पत्ति साझारुपमा दोहन गर्ने (बाटो, खेलमैदान, वनस्रोत आदि), क्याम्पस परिसर असम्बन्धित व्यक्तिको हिँडडुल गर्ने क्रिडास्थल, डम्पिङसाइट र सामुदायिक कुकुरका कारण वन्यजन्तुको मरणस्थल, वाह्य व्यक्तिको प्रवेश र क्याम्पसका  विद्यार्थीको कारणसमेत विद्यार्थी असुरक्षित रहेको बताइएको छ ।

क्याम्पस प्रशासन, प्राध्यापकहरु, कर्मचारीहरु निरीह, लाचार, गैरजिम्मेवार र किंकर्तव्यविमुढ हुनु र राजनीतिक नेतृत्व र स्थानीय सरकार फरेष्ट्री कलेज र वनक्षेत्र व्यवस्थापनप्रति उदासिन र विनासप्रति सहयोगी रहेको दाबी गरिएको छ । हेटौंडा क्याम्पस र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयको वनविज्ञान संकायका कक्षा सञ्चालनरत् क्षेत्रको प्रांगणमा स्थापित दक्षिण एसियाकै महत्वपूर्ण म्युजियमका सामग्री संरक्षणमा कठिनाइ आइपरेको छ । दरबन्दीअनुसार कर्मचारी, विशेषज्ञ र आफ्नै बजेट नहुँदा निम्न, मध्यम तथा उच्चस्तरीय दक्ष वन प्राविधिकलाई विषयवस्तुबारे राम्रो ज्ञान दिन स्थापित म्युजियमले लामो समयदेखि कठिनाइ सामना गर्नुपरेको हो । बजेट अभावमा त्यहाँका प्राकृतिक  सामग्री संरक्षण गर्न कठिनाइ आइपरेको र संख्यात्मकरुपमा बृद्धि गनर्पु र्नेनमनुाहरु बढाएर सुरक्षित राख्न नसकिएको गुनासो क्याम्पसले गरेको छ ।

स्व. राजा वीरेन्द्रले भारत भ्रमणका क्रममा राखेको प्रस्तावअन्तर्गत् नेपालको बनविज्ञान शिक्षण र अनुसन्धानमा सघाउन ८, अगष्ट १९८५ मा भएको सम्झौता बमोजिम लाइब्रेरीसमेत रहेको सुबिधा सम्पन्न म्युजियम निर्माणमा भारतले सघाएको हो । तत्कालीन अवस्थामा करिब ४ करोड ६० लाख भारतीय रुपैयाँ  खर्चेर निर्माण गरिएको म्युजियमको विकासका लागि भारतले पछि फेरि ८० लाख भारतीय रुपैयाँ र नेपाल सरकारको २० लाख रुपैयाँले त्यसको भौतिक विकास गरिएको थियो ।

संग्रहालय, पुस्तकालय एवम्अभिलेखालय केन्द्र हाल व्यवस्थापनमा कमजोरी  देखिएको छ । सही सदुपयोग नहुदा उक्त संग्रहालयमा विद्यार्थीको सख्या पनि घट्दो छ । सग्रहालयमा हाल व्यवस्थापनको कमी भएको स्वीकार गर्दै संग्रहालय सङ प्रमुख राजबाबु पहाडीले थप व्यवस्थापनका लागि गम्भीर भएर लागिपरेको बताउनुभएको छ । उक्त संग्रहालयमा वनविज्ञानसम्बन्धि ज्ञान हासिल गर्नका लागि बिभिन्न ठाउँबाट विद्यार्थीहरु आउने गरेको उहाँले बताउनुभयो । सङ्ग्रहालयमा हाल विद्यार्थीहरुले हेर्न तथा प्रयोगात्मक किसिमका ज्ञानहरु हासिल गर्न सक्ने उहाँले बताउनुभयो । विद्यार्थीहरुले अध्ययनपश्चात् प्रयोगात्मक शिक्षा जस्तै रुखबिरुवा कसरी काट्ने, त्यसलाई उपयोगमा कसरी ल्याउने भन्ने विषयमा अध्यापन हुने उहाँले बताउनुभयो । संग्रहालयका भवनमा छट्टाछुट्टै कोठामा छुट्टाछुटै विषयको ज्ञान लिन सकिने उहाँले बताउनुभयो ।

संग्रहालयमा वनसम्बन्धि अध्ययन गर्ने विद्यार्थीले अवलाके न गर्नेर प्रयोगात्मक परीक्षण गर्ने गरेको उहाँले  जानकारी दिनुभयो । हाल वनविज्ञान अन्य ठाँउहरुमा पनि सञ्चालन भइसकेको भएर अन्य क्याम्पसबाट अवलोकन गर्न आउने स्कुल, बोर्डिङहरु, मकवानपुरसहित रौतहट, सर्लाहीलगायतबाट पनि आउने गरेको उहाँले जानकारी दिनुभयो । बिभिन्न संघ-संस्था प्रतिनिधि  र शिक्षकहरु पनि म्युजियमको भ्रमण गर्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

वनविज्ञान अध्ययन संस्थानको म्युजियम व्यवस्थापन तथा त्यस वरपरका विभिन्न अनैतिक गतिविधि रोकथामका लागि त्रिभुवन विश्व विद्यालयका रजिष्टार प्रा.डा. केदारप्रसाद रिजाल विशेष छलफल भएको हेटौंडा उपमहानगरपालिका वडा-१० का वडाध्यक्ष फुर्वा दोर्जेलामाले जानकारी दिनुभयो  । ‘वनविज्ञान अध्ययन संस्थान हाम्रै सम्पत्ति हो, उहाँले भन्नुभयो 'यसलाई व्यवस्थापन र संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।' फरेष्टिमा भएको म्युजियमलाई व्यवस्थापन र सरंक्षण गर्न सके बाहिरबाट आउने पर्यटकले अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो ।

यहाँका विकृति र विसंगतिलाई उपमहानगरपालिकालगायत त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो  । ‘म्युजियमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि उहाँहरुले ध्यान दिनुभएको छ,’ उहाँले भन्नुभयो । हेटौंडाको भुटनदेवी मन्दिर, त्रिवेणीधाम, गोरेक्षश्वर मन्दिर आदिलाई पर्यटकीय क्षेत्र बनाउन सके बाहिरबाट आउने पर्यटकबाट आम्दानीको स्रोत  बनाउन सकिने उहाँले  बताउनुभयो  । ‘यस विषयमा स्थानीय तहहरुले पनि कसरी व्यवस्थापन गर्ने, म्युजियमसम्बन्धि पर्यटकसमक्ष कसरी पुर्‍याउने भन्ने विषयमा छलफल गरेका थियौं,’ वडाध्यक्ष लामाले भन्नुभयो ।

करिब ४ हजार ७ सय वर्ग मिटर क्षेत्रमा फैलिएको म्युजियमभित्र रहेको लाइब्रेरीमा एकसाथ एक हजार जनाले अध्ययन गर्नसक्ने सुबिधा छ । छिमेकी देशहरुका बनविज्ञानका विद्यार्थी र प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान उक्त म्युजियमलाई प्रयोग गर्ने छन् । त्यहाँका  विद्यार्थीले हार्भेस्टिङ, बन व्यवस्थापन, सामाजिक बनको अवधारणा, बनका मुख्य उत्पादन, कम्तिमा ७० प्रजातिका वनस्पति,माछा र चराचुरुंगीसहित नेपालमा पाइने संकटापन्न रेडपाण्डा, बाघ, चितुवा र गैंडाजस्ता जनावरको प्रतिमूर्ति देख्न पाउनेछन् ।

एकसय ६० वर्गमिटरमा फैलिएको डकुमेन्टेसन, ३ प्रकारका पुस्तकालय, वीउबैंक, इनर्जी, हार्भेरियम, डाटाबैंक, जीवावशेष र वीउको म्युजियम त्यहाँको आकर्षणको अर्को केन्द्र हो । पोखराको बनविज्ञानमा अध्ययनरत् बीएस्सी र एमएस्सीका विद्यार्थीसहित दक्षिण एसियाका ७ देशका विद्यार्थीहरु बनविज्ञानबारे अझ बुझ्न हेटौंडा आउने गर्छन् । सोधपत्र तयार गरेर पीएचडी गर्न चाहने प्रशिक्षार्थीका लागि म्युजियम वरदान साबित हुनेछ । हेटौंडामा उपमहानगरपालिकाले उक्त क्षेत्रमा घुम्ती शौचालय राखेको छ । वनविज्ञान अध्ययन संस्थानको म्युजियम डकुमेन्टेसन हेटौंडाको प्रमुख पहाडीको बिदाइ भएर म्युजियम डकुमेन्टेसन प्रमुख डा. दामोदर गैरे ४ वर्ष कार्यकालका लागि नियुक्त हुनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?