सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

हिमालय टाइम्स

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रालय नभइ सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्यमन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सिमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले निजी स्वास्थ्य संस्थाहरुले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभुति गर्नसक्छौँ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरुलाई समाजले फरक ढंगबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठूलो योगदान पु¥याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’

मन्त्री पौडेलले एक लाखको बीमालाई ५ लाख पुर्‍याउने, श्रोतको पक्षबाट बीमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताउनु भयो । उहाँले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्याधिक घाटामा रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ? जलवायु कार्य र विश्वकप : फुटबलको मैदानबाट ‘नेट जिरो’ को सन्देश युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन