सर्लाही । तराई-मधेशका जिल्लाहरूमा यतिखेर गहुँ र मकैको बीउ लगाउनुपर्ने समय हो, तर भारतीय बीउ र रासायनिक मलको अभावले यहाँका किसानहरूलाई ठूलो समस्यामा पारिरहेको छ । सर्लाहीलगायतका जिल्लाका किसानहरू वर्षेनि भारतीय बीउ र मलमा निर्भर हुन बाध्य छन् । यो परनिर्भरता नेपाली कृषि क्षेत्रमा एक गम्भीर समस्या बनिरहेको छ, तर सरकारको स्तरमा चिल्ला नाराहरू र झुठा आश्वासन बाहेक कुनै ठोस कदम देखिँदैन । परिणामस्वरूप, यहाँका कृषिमा दीर्घकालीन संकटको संकेत देखिन थालेको छ ।
मधेशका किसानहरू अहिले मकै र गहुँका बीउ तयारीका लागि व्यस्त छन्, तर रासायनिक मल र उन्नत जातका बीउको अभावमा भारतीय बजारमा तस्करीको माध्यमबाट आउने सामाग्रीमा निर्भर हुनुपर्ने अवस्था उत्पन्न भएको छ । मकैको प्रमुख उत्पादन क्षेत्रहरूमा पनि बीउको अभाव छ, जसले गर्दा किसानहरूलाई बीउ छर्नमा समस्या उत्पन्न भइरहेको छ । सरकारले स्वदेशी हाइब्रीड बीउको उत्पादनमा प्राथमिकता नदिएर आयातमाथि निर्भर राख्दा किसानहरूले बर्षेनी बीउ र मलको अभाव भोगिरहेका छन् ।
बीउको अभावका कारण, किसानहरूले अझ महँगो मूल्यमा बीउ किन्न बाध्य भएका छन् । यस वर्ष मकैको बीउ प्रती केजी ९ सया देखि १५ सय संममा किनी रहेका छन् । पछिल्ला वर्षमा कुखुराको दानामा मकै प्रयोग संगै किसानलाई फाईदा पुग्न थालेपछि मकै लगाउने किसान धेरै भएका छन् । यसका कारण स्थानीय बजारमा बीउको कालोबजारी र भारतीय तस्करी बढेको छ । किसानहरूको गुनासो छ कि, सरकारले बीउको आपूर्ति समयमा गर्दैन र बीउ पाएपनि त्यस्ता नक्कली गुणस्तरहिन बीउको बारेमा जानकारि बिनै बिउ किन्न यँहाका किसान वाध्य छन् ।
यसका साथै, कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतको नार्कले स्वदेशमा हाइब्रीड बीउको उत्पादनका लागि पहल गरेपनि, अहिलेको आपूर्ति पर्याप्त छैन । कृषि विशेषज्ञहरूकाअनुसार, दीर्घकालीन समाधानका लागि सरकारले सरकारी र निजी क्षेत्रबाट हाइब्रीड बीउको उत्पादनमा जोड दिनुपर्छ, ताकि किसानहरूलाई आत्मनिर्भर बनाउन सकियोस् र नेपाली कृषि क्षेत्रको भविष्य सुरक्षित रहोस् ।
कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीको तध्याङमा १० देखि १२ हजार हेक्टर क्षेत्रमा मकै खेती हुने गरेको छ । प्रति हेक्टर २१० देखि ३०० मन संम मकै फैलने गरेको कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले जानकारि दिनु भयो । सरकारले सुचिकृत गरेको र नेपालको हावा पानी अनुकुल रहेको मकै बाली मात्र लगाउन कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीको किसानलाई आग्रह गरेको छ । किसानले आफु खुशी र बिउ बिक्रेताको भरमा किनेको बिउ लगाउँदा बेला बेलामा मकैमा दाना नलाग्ने तथा थोता घोगा समेत हुने गरेको छ । यस समस्यामा शीघ्र कदम चालेको खण्डमा मात्र, मधेशका कृषिमा अझै पनि सम्भावना र समृद्धि ल्याउन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच