काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा आज कीर्तिपुरको लोकतान्त्रिक चोकमा कांग्रेसले सभा गरेको हो ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन कांग्रेसको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियाे । यस्तै राजेन्द्र कुमार के.सीकोसमेतको उपस्थिति थियो ।
कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुरमा हुन लागेको मेयर र दुई वडाध्यक्ष पदको निर्वाचनलाई कांग्रेसले आफ्नो प्रतिष्ठा बनाएको छ ।
कीर्तिपुरमा कांग्रेसले कृष्णमान डंगोललाई प्रमुखको उम्मेदवार बनाएको छ भने अन्य दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् ।
यहाँ एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जन प्रतिस्पर्धामा हुनुहुन्छ ।
स्थानीय तहको उपनिर्वाचनमा आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच