काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरण रंगशाला पुनर्निर्माण आरम्भ गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम थालनी भएको हो ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको थियो । बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मा पाएको छ ।
स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो । वडामा रंगशाला पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राख्नुभयो ।
९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपांग्र्रे र १७८ वटा दुईपांग्र्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ हुनेछ ।
रंगशालाको भुइँतलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा महिलाका लागि सात र पुरुषका लागि पाँचवटा शौचालय हुनेछन् । रंगशालामा एउटा फिजियोथेरापी कक्ष, पुरुष र महिलाका लागि तीन-तीनवटा गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुईवटा टिम लकर हुनेछन् ।
यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । रंगशाला १८ रोपनी एक आना दुई पैसा तीन दाम (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता एक हजार ५०० जनाको हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच