काठमाडौं । तीन सांगीतिक व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट-लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुनेछ । नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) हो ।
झिल्के एण्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट सुरु भई फेब्रुवरी ७, २०२५ मा समापन हुनेछ । जसअनुसार झापामा डिसेम्बर २१, रूपन्देहीमा डिसेम्बर २४, काठमाडौंमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुवरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ ।
व्याण्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रूपन्देही, काठमाडौंमा तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ । ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौं । तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट-लेट्स गेट लाइड झापा’ हुनेछ’, स्टिभले भनेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच