काठमाडौं । लघु चलचित्र’दशैँ आयो’ले अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित ‘दोस्रो युवा लघु चलचित्र प्रतिस्पर्धा’मा प्रथम स्थान हासिल गर्दै एक लाख नगद पुरस्कार जितेको छ । यो चलचित्रलाई शिल्पा केसीले निर्देशन गर्नुभएको छ । प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ द्वितीय स्थानमा रहँदै ५० हजार नगद पुरस्कार प्राप्त ग¥यो भने विशाल झाको ‘अन्तिम यात्रा’ले तृतीय स्थानमा रहँदै २५ हजार नगद पुरस्कार जित्यो । साथै, देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ ले स्पेसल मेन्सन अवार्ड जित्न सफल भयो ।
पुरस्कार घोषणाअघि अन्तिम छनोटमा पर्न सफल नौवटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो । २० वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रतिस्पर्धाका लागि सहभागीले आठदेखि १५ मिनेटसम्मको फिल्म निर्माण गर्नुपर्ने नियम तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार, प्रतियोगिताका लागि २० भन्दा बढी चलचित्र प्राप्त भएका थिए, जसबाट उत्कृष्ट नौ फिल्म अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएका थिए । उहाँले यो प्रतियोगिता उदीयमान प्रतिभाहरूको पहिचान र प्रोत्साहनका लागि निरन्तर आयोजना गरिने बताउनुभयो । प्रतियोगिताका विजेता फिल्ममेकरहरूले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति पाउने अवसरसमेत प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच